एनपीएलको लोगो सोमबार सार्वजनिक हुदै

२०८१ श्रावण ३१, बिहीबार १०:३७

काठमाडौं  । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को लागो भदौ ३ गते सोमबारका दिन सार्वजनिक गर्ने भएको छ ।

नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी सोमबार एनपीएलको लोगो सार्वजनिक हुदैछ ।

लोगो सार्वजनिक कार्यक्रममा उपस्थितीका लागि क्यानका पदाधीकारीले बुधबार प्रधानमन्त्रीलाई भेटेर निमन्त्रणा दिएका छन् ।

‘हामीहरुले प्रधानमन्त्रीलाई भेटेर लोगो सार्वजनिक कार्यक्रमका लागि निमन्त्रणा दिएका थियौ ।’ क्यानका प्रवक्ता लामाले भने ‘प्रधानमन्त्रीले सो कार्यक्रममा उपस्थित हुने प्रतिबद्धता दिनु भएको छ । आगामी १९ तारिखमा क्यान एनपीएलको लोगो सार्वजनिकको तयारीमा रहेको छ ।’

क्यान आगामी कार्तिक मंसिरमा एनपीएल आयोजनाको तयारीमा रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy