काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को लागो भदौ ३ गते सोमबारका दिन सार्वजनिक गर्ने भएको छ ।
नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी सोमबार एनपीएलको लोगो सार्वजनिक हुदैछ ।
लोगो सार्वजनिक कार्यक्रममा उपस्थितीका लागि क्यानका पदाधीकारीले बुधबार प्रधानमन्त्रीलाई भेटेर निमन्त्रणा दिएका छन् ।
‘हामीहरुले प्रधानमन्त्रीलाई भेटेर लोगो सार्वजनिक कार्यक्रमका लागि निमन्त्रणा दिएका थियौ ।’ क्यानका प्रवक्ता लामाले भने ‘प्रधानमन्त्रीले सो कार्यक्रममा उपस्थित हुने प्रतिबद्धता दिनु भएको छ । आगामी १९ तारिखमा क्यान एनपीएलको लोगो सार्वजनिकको तयारीमा रहेको छ ।’
क्यान आगामी कार्तिक मंसिरमा एनपीएल आयोजनाको तयारीमा रहेको छ ।