एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार आयोजना गरेको खुला बिडिङमा विभिन्न शहरहरूको फ्रेन्चाइजका लागि बिभिन्न बोलि लागेको छ।

पोखराको फ्रेन्चाइजका लागि नेपाल टी–२० प्रालिले सबैभन्दा उच्च बोली लगाएको छ, जसको मूल्य ३ करोड ५७ लाख रुपैयाँमा टिम हात पारेको छ।

काठमाडौंको फ्रेन्चाइज कान्तिपुर पब्लिकेसन्सले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा प्राप्त गरेको छ।

जनकपुरको फ्रेन्चाइज ड्रिम्स स्पोर्टसले २ करोड ५ लाख रुपैयाँको बोली दिएर प्राप्त गरेको छ। लुम्बिनीको फ्रेन्चाइज फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा प्राप्त गरेको छ भने सुदूरपश्चिमको फ्रेन्चाइज इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा प्राप्त गरेको छ।

चितवनको फ्रेन्चाइज चितवन मेडिकल कलेजले १ करोड ७६ लाख १ हजार रुपैयाँमा प्राप्त गरेको छ र बिराटनगरको एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा प्राप्त गरेको छ।

कर्णालीको फ्रेन्चाइजका लागि हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँको बोली लगायो, जुन सबैभन्दा कम रकम हो।

एनपीएलको आगामी संस्करणमा ८ वटा टिम खेल्नेछन्। खुला बिडिङमा १६ वटा आवेदन प्राप्त भएका थिए र ८ वटा फ्रेन्चाइजहरूको कुल बिक्री मूल्य १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ पुगेको छ।

 





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]