क्यानडा सिरिजका लागि नेपाली टोलीको घोषणा

२०८१ भाद्र २४, सोमबार २०:११

क्यानडामा हुने त्रिकोणत्मक ओडिआई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

सेप्टेम्बर १६ देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोलि क्यानडा र ओमानसंग नेपालले प्रतिस्पर्धा गर्नेछ।

नेपाल क्रिकेट संघ(क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । सन्दिप जोरा, सागर ढकाल, आकाश चन्दले टिममा स्थान बनाउन सकेनन्।

यस्तै देब्रे हात फास्ट बलर रिजन ढकालले भने टिममा पुनरागमन गरेका छन्। ढकालले यसै वर्ष फेब्रुअरीमा घरेलु मैदानमा क्यानडा विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने आयरल्याण्ड ए विरुद्धको सिरिजमा पनि टिममा थिए।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, देव खनाल (ट्राभलिङ रिजर्भ)

लिग-२ अंकतालिकामा नेपालले ४ खेल खेल्दा मात्र १ जित दर्ता गर्न सकेको छ। २ अंक सहित नेपाल सातौँ स्थानमा अंकविहिन युएई भन्दा एक स्थान माथि छ। ओमान ४ खेलमा ३ अंक सहित छैठौं तथा क्यानडा ८ खेलमा ८ अंक सहित तेश्रो स्थानमा छ।

लिग-२ को शिर्ष-४ टिमले २०२७ एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न सोझै छनोट हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy