क्यानडा सिरिजका लागि नेपाली टोलीको घोषणा

क्यानडामा हुने त्रिकोणत्मक ओडिआई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

सेप्टेम्बर १६ देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोलि क्यानडा र ओमानसंग नेपालले प्रतिस्पर्धा गर्नेछ।

नेपाल क्रिकेट संघ(क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । सन्दिप जोरा, सागर ढकाल, आकाश चन्दले टिममा स्थान बनाउन सकेनन्।

यस्तै देब्रे हात फास्ट बलर रिजन ढकालले भने टिममा पुनरागमन गरेका छन्। ढकालले यसै वर्ष फेब्रुअरीमा घरेलु मैदानमा क्यानडा विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने आयरल्याण्ड ए विरुद्धको सिरिजमा पनि टिममा थिए।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, देव खनाल (ट्राभलिङ रिजर्भ)

लिग-२ अंकतालिकामा नेपालले ४ खेल खेल्दा मात्र १ जित दर्ता गर्न सकेको छ। २ अंक सहित नेपाल सातौँ स्थानमा अंकविहिन युएई भन्दा एक स्थान माथि छ। ओमान ४ खेलमा ३ अंक सहित छैठौं तथा क्यानडा ८ खेलमा ८ अंक सहित तेश्रो स्थानमा छ।

लिग-२ को शिर्ष-४ टिमले २०२७ एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न सोझै छनोट हुनेछ।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]