युएईको लिग टुमा पहिलो जित

काठमाडौं । युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ ।

पहिलो जित निकाल्नेक्रममा युएईले नामिबियामाथि १ विकेटको जित हात पारेको छ ।

नामिबियाले विन्डोहकमा दिएको २ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो ।

युएईको जितमा बिस्नु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका र ५ छक्का प्रहार गरे ।

एक समय १ सय १४ रनमा ५ विकेट गुमाएर संकटमा परेको युएईका लागि सुकुमारन र बासिल हमिदले छैटौं विकेटका लागि १ सय ५५ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।

हमिदले ४७ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ७१ रन बनाएका थिए । जितका लागि ४ रन चाहिएको अवस्थामा छक्का प्रहार गर्दै टिमलाई पहिलो जित दिलाउने अलि नासिरले २१ बलमा नट आउट रहदै महत्वपुर्ण ३८ रन जोडे ।

आयाशं शर्मा र अलिशान सरफुले समान ३०, कप्तान मुहम्मद वासिमले १९ रन जोडे ।

नामिबियाका जान निकोल लेफ्टी इटनले ४, बेर्नाड स्कोट्जे र टांगेनी लुंगामेनीले समान २ तथा कप्तान जेरार्ड इरास्मसले १ विकेट लिए ।

त्यसअघि टस ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा १० विकेट गुमाउँदै ३ सय १३ रन बनाएको थियो ।

नामिबियाका ओपनर माइकल भान लिगेनले ८५ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ७ रन बनाए । जेपी कोट्जेले ५३ बलमा ६४ तथा जान निकोल लेफ्टी इटनले ६३ बलमा ५४ रन जोडे ।

युएईका लागि अलि नासिरले ३, मोहम्मद जगदुल्लाह, जुनैद सिद्धिकी, बासिल हमिद, राहुल भाटिया र बिस्नु सुकुमारनले समान १ विकेट लिए ।

अर्को लिग २ को त्रिकोणात्मक सिरिजमा क्यानडा, नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ ।

नामिबियालाई हराएको युएई २ अंकका साथ तालिकाको पुछारमा छ । पराजित नामिबिया ८ अंकका साथ पाँचौ स्थानमा झरेको छ ।

नेदरल्यान्ड्स शीर्ष स्थानमा रहॅंदा २ अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ । लिग टु मा ८ टोली सहभागी रहेका छन् ।





थप समाचार

एनपिएलका लागि खेलाडी रजिस्ट्रेसन खुला

नेपाल प्रिमियर लिग(एनपिएल) ले खेलाडी रजिस्ट्रेसन खुला गरेको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार एक विज्ञप्ती जारी गर्दै पहिलो […]

दक्षिण अफ्रिकाविरुद्धको सिरिज अफगानिस्तानलाई 

अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध १ खेल अगावै ऐतिहासिक ओडिआई सिरिज जितेको छ । अफगानिस्तानले दोस्रो ओडिआई खेलमा १ सय ७७ रनको […]

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]