विश्वकप लिग टु : नेपाल र ओमान खेल्दै

२०८१ आश्विन ८, मंगलवार ०७:५४

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणात्मक ओडिआई सिरिजको चौथो खेलमा नेपाल ओमानसँग खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार मंगलबार साँझ ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग हार बेहोरेको थियो । तेस्रो खेलमा क्यानडासँग फेरी पराजित भएको थियो ।

ओमानलाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउँन चाहन्छ ।

लिग टुको अंक तालिकामा नेपाल ७ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । ओमान ६ खेलमा ५ अंकका साथ छैटौं स्थानमा छ ।

ओडिआई सिरिज पछि नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy