काठमाडौँ गुर्खाजको जर्सी सार्वजनिक, क्रिकेट एम्बासडर बनिन् इन्दु बर्मा

२०८१ मंसिर ३, सोमबार ००:१९

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली काठमाडौँ गुर्खाजले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । आइतबार होटेल याक एन्ड यतिमा भएको भव्य कार्यक्रमका बीच काठमाडौँ गुर्खाजको जर्सी र टिभिसी सार्वजनिक गरिएको हो ।

काठमाडौँ स्पोर्ट्स डेभलपमेण्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजकी को-फाउन्डर श्रृंखला खतिवडा र क्रिकेट एमबासडर इन्दु बर्माको उपस्थितिमा करण केसीले जर्सी सार्वजनिक गरेका हुन् ।

काठमाडौँको जर्सीमा मुख्य रङ कालो रहेको छ भने त्यसमा पहेँलो स्याडो प्रयोग भएको छ । जर्सी‌ नम्बर सेतो रङको छ । कार्यक्रममा खेलाडीहरूलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो भने कार्यक्रममा कलाकारहरूबाट सांस्कृतिक प्रस्तुति पनि दिइएको थियो ।

इन्दु क्रिकेट एम्बासडर 

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट टिम काठमाडौँ गुर्खाजको क्रिकेट एम्बासडर बनेकी छन् ।

गुर्खाजले आइतबार जर्सी रिभिल कार्यक्रममा ईन्दुलाई क्रिकेट एम्बासडर घोषणा गरेको हो। कप्तान वर्माले आफूलाई यो अवसर दिएकोमा काठमान्डु टिमलाई धन्यवाद दिइन्।

उनले एनपीएल फेस्टिभल अफ क्रिकेट भएको र यसले क्रिकेट क्रेज बढाइरहेको बताइन्। यस्तै भविष्यमा महिलाको पनि एनपीएल हुने अपेक्षा व्यक्त गरिन्।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy