केसिए यु–१४ क्रिकेट : किंग्स र हिमालयन विजयी

२०८१ माघ १६, बुधबार २०:१०

किंग्स क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी ( सी) ले केसिए यु–१४ क्रिकेट प्रतियोगितामा विजयी हासिल गरेको छ।

बूढानिलकण्ठको चुनिखेलस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा बुधबार सम्पन्न पहिलो खेलमा किंग्स क्रिकेट एकेडेमी ७४ रनले विजयी भयो।

टस हारेर पहिले ब्याटिंग गर्दै किंग्स क्रिकेट एकेडेमीले दिएको १०४ रनको लक्ष्य पछ्याएको भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरले १६. १ ओभरमा २९ रनमा सबै विकेट गुमायो।

किंग्सको जितमा ब्याटिंगतर्फ आरुष चालिसेले २९ रन, आदित्य चापागाईले २५ रन बनाए भने बलिंगमा आर्यवर्थ गौतम र आदित्य चापागाईंले २/२ विकेट लिए। प्लेयर अफ द म्याच आदित्य चापागाई घोषित भए।

आजको दोश्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले काठमाडौँ क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्यो। काठमाडौँ क्रिकेट एकेडेमीले दिएको ५७ रनको लक्ष्य हिमालयनले १५. २ ओभरमा ४ विकेट गुमाएर भेटायो। प्लेयर अफ द म्याच घोषित हिमालयन क्रिकेट एकेडेमी ‘सी’ का अभय सिंहले २ विकेट लिए।

आगामी माघ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको काठमाण्डौ क्रिकेट एकेडेमी ( केसिए ) को मैदानमा जारी छ।

यस्तै प्रतियोगिताको बिजेताले ५० हजार पाउने भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले समान ५ हजार पाउनेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy