केसिए यु–१४ क्रिकेट : किंग्स र हिमालयन विजयी

किंग्स क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी ( सी) ले केसिए यु–१४ क्रिकेट प्रतियोगितामा विजयी हासिल गरेको छ।

बूढानिलकण्ठको चुनिखेलस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा बुधबार सम्पन्न पहिलो खेलमा किंग्स क्रिकेट एकेडेमी ७४ रनले विजयी भयो।

टस हारेर पहिले ब्याटिंग गर्दै किंग्स क्रिकेट एकेडेमीले दिएको १०४ रनको लक्ष्य पछ्याएको भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरले १६. १ ओभरमा २९ रनमा सबै विकेट गुमायो।

किंग्सको जितमा ब्याटिंगतर्फ आरुष चालिसेले २९ रन, आदित्य चापागाईले २५ रन बनाए भने बलिंगमा आर्यवर्थ गौतम र आदित्य चापागाईंले २/२ विकेट लिए। प्लेयर अफ द म्याच आदित्य चापागाई घोषित भए।

आजको दोश्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले काठमाडौँ क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्यो। काठमाडौँ क्रिकेट एकेडेमीले दिएको ५७ रनको लक्ष्य हिमालयनले १५. २ ओभरमा ४ विकेट गुमाएर भेटायो। प्लेयर अफ द म्याच घोषित हिमालयन क्रिकेट एकेडेमी ‘सी’ का अभय सिंहले २ विकेट लिए।

आगामी माघ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको काठमाण्डौ क्रिकेट एकेडेमी ( केसिए ) को मैदानमा जारी छ।

यस्तै प्रतियोगिताको बिजेताले ५० हजार पाउने भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले समान ५ हजार पाउनेछन्।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]