काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो सातादेखि आयोजना गर्ने १२औं एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता १३ टिम सहभागी हुने भएका छन्।
काठमाडौं शनिबार कप्तानहरुसँगको भेटघाट कार्यक्रममा प्रतियोगिता फागुन ४ देखि १३ गतेसम्म हुने र १३ टिमको सहभागिता रहने आयोजकले बताएको हो। प्रतियोगिताको खेल पुलचोक र ल्याबोरेटरी स्कुल क्रिकेट मैदानमा हुने बताइएको छ।
प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन्। यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ।
बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।
