नन्दन यादवले लगातार दोश्रो खेलमा उत्कृस्ट प्रदर्शन गर्दा ललितपुरको जित

२०८१ फाल्गुन १४, बुधबार १७:४२

नन्दन यादवले अलराउण्ड प्रदर्शन गर्दा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले भक्तपुरलाई ९६ रनले पराजित गरेको छ।

लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले २८४ रनको लक्ष्य प्रस्तुत गर्दै भक्तपुरलाई १८७ रन मात्र बनाउन दियो। मुलपानी मैदानमा पहिले ब्याटिंग गरेको ललितपुरले ५० ओभरमा ८ विकेट क्षेतीमा २८३ रन बनाएको थियो।

ललितपुरको लागि नन्दन यादवले लगातार दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ८४ रन बनाए। यादव ५७ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै अविजित रहे। बलिंगतर्फ पनि यादवले ३ विकेट लिए जुन क्रममा ५ ओभरमा १ मेडन ओभर गर्दै १३ रन मात्र खर्चिए। नन्दनले अघिल्लो खेलमा काठमाडौँ विरुद्ध पनि ५४ रन बनाउनुको साथै २ विकेट लिएका थिए। उनि लगातार दोश्रो खेलमा प्लेयर अफ द म्याच समेत घोषित भए।

ललितपुरको लागि ब्याटिंगतर्फ आदील खान र आशुतोष घिरैयाले समान ४७ रन योगदान दिए भने बिशाल कुर्मीले २७ तथा बिबेक राना मगरले २१ रन बनाए। बलिंगतर्फ बिपिन आचार्यले २ तथा पंकज पाण्डे, सुर्य तामांग र तिलक राज भण्डारीले १/१ विकेट लिए।

भक्तपुरको ब्याटिंगमा सक्रिय प्रताप कार्कीले ७४ तथा गौरभ पौडेलले ६० रन योगदान दिएता पनि जित्न पर्याप्त रहेन। बलिंगतर्फ सुबाश खत्रीले २ विकेट लिए।

यस्तै आजै चितवनको गौतम बुद्ध नमुना रंगशालामा सम्पन्न खेलमा चितवनले नुवाकोटलाई ४० रनले पराजित गर्यो। १४७ रनको लक्ष्य पछ्याएको नुवाकोटले १०६ रन मात्र बनाउन सक्यो।

चितवनको जितमा ब्याटिंगतर्फ कप्तान दिपेश श्रेष्ठले ४८ रन, क्रिजन गुरुङले २२, प्रशान्त महतले २१ तथा विकल गुप्तले २० रन योगदान दिए। यस्तै बलिंगमा गौतम केसीले सर्वाधिक ४ विकेट लिंदा दिपेश श्रेष्ठ र संघर्ष पौडेलले २/२ विकेट लिए। नुवाकोटको ब्याटिंगमा अभिराज यादवले ३ तथा गणेश गौतम र सुशील साउदले २/२ विकेट लिए भने ब्याटिंगमा योगेश भाटले २८ तथा दिनेश सुबेदीले २१ रन बनाए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy