प्रधानमन्त्री कप छनोट : नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको जित

मंगलबार सुरु भएको प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिता अन्तर्गत पहिलो दिनको दुई खेलमा ललितपुर र मकवानपुर विजयी भएका छन्। ललितपुरले काठमाडौँलाई तथा मकवानपुरले चितवनलाई पराजित गर्यो।

मुलपानी मैदानमा सम्पन्न खेलमा ललितपुरले काठमाडौंलाई ५९ रनले पराजित गर्यो। २२८ रनको लक्ष्य पछ्याएको काठमाडौँले ४२. ३ ओभरमा १६८ रन मात्र बनाउन सक्यो।

ललितपुरको जितमा ब्याटिंगतर्फ आदील खान र नन्दन यादवले अर्धशतकीय योगदान दिए। आदीलले ७७ बलमा ६ चौका र २ छक्का मद्दतले ६२ रन तथा नन्दनले ८० बलमा २ चौका र २ छक्का मद्दतले ५४ रन बनाए। बिबेक राना मगरले २९, बिपिन आचार्यले २० रन बनाए। प्लेयर अफ द म्याच घोषित नन्दनले बलिंगमा पनि २ विकेट लिए। सुर्य तामांगले ३ विकेट, बिपिन आचार्य र रोमिन तिवारीले २/२ विकेट लिए।

काठमाडौँको ब्याटिंगमा सोनु देवकोटाले सर्वाधिक ४० रन बनाए। जभ्यांग लामाले २८, प्रसिद्ध जैसीले १९ तथा उत्तम थापा मगरले १८ रन बनाए। बलिंगमा प्रतिश जिसीले ५ विकेट लिए। उनले १० ओभरमा ६० रन खर्चिए।

आज चितवनको गौतम बुद्ध नमुना मैदानमा सम्पन्न खेलमा मकवानपुरले चितवनलाई ७१ रनले पराजित गर्यो। १४४ रनको लक्ष्य पछ्याएको चितवनले ७२ रन मात्र बनाउन सक्यो।

मकवानपुरको जितमा ब्याटिंगतर्फ सुमन सुनारले ४९ रन बनाए भने बलिंगमा साकार गजुरेलले ३ तथा रिजन ढकाल र असिम श्रेष्ठले २/२ विकेट लिए। चितवनको लागि कप्तान दिपेश श्रेष्ठले ४ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

खेलको प्लेयर अफ द म्याच रिजन ढकाल घोषित भए।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]