प्रधानमन्त्री कप छनोट : नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको जित

२०८१ फाल्गुन १३, मंगलवार २०:१७

मंगलबार सुरु भएको प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिता अन्तर्गत पहिलो दिनको दुई खेलमा ललितपुर र मकवानपुर विजयी भएका छन्। ललितपुरले काठमाडौँलाई तथा मकवानपुरले चितवनलाई पराजित गर्यो।

मुलपानी मैदानमा सम्पन्न खेलमा ललितपुरले काठमाडौंलाई ५९ रनले पराजित गर्यो। २२८ रनको लक्ष्य पछ्याएको काठमाडौँले ४२. ३ ओभरमा १६८ रन मात्र बनाउन सक्यो।

ललितपुरको जितमा ब्याटिंगतर्फ आदील खान र नन्दन यादवले अर्धशतकीय योगदान दिए। आदीलले ७७ बलमा ६ चौका र २ छक्का मद्दतले ६२ रन तथा नन्दनले ८० बलमा २ चौका र २ छक्का मद्दतले ५४ रन बनाए। बिबेक राना मगरले २९, बिपिन आचार्यले २० रन बनाए। प्लेयर अफ द म्याच घोषित नन्दनले बलिंगमा पनि २ विकेट लिए। सुर्य तामांगले ३ विकेट, बिपिन आचार्य र रोमिन तिवारीले २/२ विकेट लिए।

काठमाडौँको ब्याटिंगमा सोनु देवकोटाले सर्वाधिक ४० रन बनाए। जभ्यांग लामाले २८, प्रसिद्ध जैसीले १९ तथा उत्तम थापा मगरले १८ रन बनाए। बलिंगमा प्रतिश जिसीले ५ विकेट लिए। उनले १० ओभरमा ६० रन खर्चिए।

आज चितवनको गौतम बुद्ध नमुना मैदानमा सम्पन्न खेलमा मकवानपुरले चितवनलाई ७१ रनले पराजित गर्यो। १४४ रनको लक्ष्य पछ्याएको चितवनले ७२ रन मात्र बनाउन सक्यो।

मकवानपुरको जितमा ब्याटिंगतर्फ सुमन सुनारले ४९ रन बनाए भने बलिंगमा साकार गजुरेलले ३ तथा रिजन ढकाल र असिम श्रेष्ठले २/२ विकेट लिए। चितवनको लागि कप्तान दिपेश श्रेष्ठले ४ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

खेलको प्लेयर अफ द म्याच रिजन ढकाल घोषित भए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy