ब्याटर चल्न नसक्दा नेपाल ९२ रनमै रोकियाे

२०८१ फाल्गुन २४, शनिबार १८:२२

काठमाडौं। ब्याटर चल्न नसक्दा वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल नामिबियाविरुद्ध ९२ रनमै रोकिएको छ।

टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको हो।

नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाइन्। ११ बल खेलेकी उनले चार चौका प्रहार गरिन्।

कविता जैशी र इश्वरी विष्टले समान १६ रन बनाउँदा पूजा महतोले १३ रन बनाइन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy