पुलिसकाे लगातार पाँचाैँ जित

२०८१ चैत्र ३, सोमबार १८:२४

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे छ। पुलिसले सुदूरलाई ६१ रनले पराजित गरेको हो।

पुलिसले दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूरले २८=३ ओभरमा ९९ रनमा समेटियो।

सुदूरका लागि शेर मल्लले सर्वाधिक ३२ रन जोडे। मिलन बोहोराले २३ रन जोडे। टेक रावत १२ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि ललितनारायणले ७ ओभरमा ६ विकेट लिए। प्रतियोगितामा ललितको यो लगातार तेस्रो ५ विकेट हल हो। यसअघि ललितले एपिएफविरुद्ध ६ तथा मधेशविरुद्ध ५ विकेट लिएका थिए। सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए।

त्यसअघि सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १६० रनमा समेटिएको थियो।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन जोडेका थिए। आरिफ शेखले ४० रन, सागर ढकालले २२ रन जोडे। दीलिप नाथ १९ र अमित श्रेष्ठ १८ रनमा आउट भए।

सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ तथा हेमन्त धामीले १ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy