बंगलादेशद्वारा अफगानिस्तान पराजित

२०८२ आश्विन १७, शुक्रबार १०:४८

काठमाडौं । बंगलादेशले अफगानिस्तानलाई पहिलो टि२० आईमा पराजित गरेको छ ।

युएईको शारजहाँमा बिहीबार राती सकिएको खेलमा अफगानिस्तानले बंगलादेशसँग ४ विकेटको हार बेहोरेको हो । यस जितसँगै बंगलादेशले ३ खेलको टि२० आई सिरिजमा १-० को अग्रता लिएको छ ।

अफगानिस्तानले दिएको १ सय ५२ रनको लक्ष्य बंगलादेशले १८ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा प्लेयर अफ द म्याच प्रभेज हुसैन ३७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५४ रनमा आउट भए ।

ओपनर तन्जिद हसन ३७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५१ रन प्रहार गर्दै आउट भए । नुरुल हसन २३ तथा रिषद होसेन १४ रनमा नट आउट रहे ।

अफगानिस्तानका लागि कप्तान राशिद खानले ४ तथा फरिद अहमद र नुर अहमद समान १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । उसका रहमानउल्लाह गुर्वाजले सर्वाधिक ४० रन जोडे ।

बंगलादेशका लागि तन्जिम हसन साकिब र रिषाद होसेनले समान २ तथा तस्किन अहमद, नसुम अहमद र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए ।

दुई देशबीचको दोस्रो टि२० आई शुक्रवार हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy