नेपाल क्रिकेट संघले आयोजना गर्ने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि एक्स स्टेप नेपाल एपेरियल पाटर्नरका रुपमा जोडिएको छ।
एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र क्यानका सचिव पारस खड्काले एपेरियल पाटर्नरको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता एक वर्षका लागि रहनेछ।
रेन्बोका प्रबन्ध निर्देशक श्रेष्ठले रेन्बोले धेरै वर्ष देखि एक्स स्टेपको स्पोर्टस वेयर नेपालमा विक्री गर्दै आउने क्रममा विभिन्न खेलमा प्रायोजन गरेको र पहिलो पटक क्रिकेट त्यसमा पनि लोकप्रिय एनपिएलमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन्।
एनपिएलको तयारी तीव्र रुपमा अघि बढिरहेको छ। ८ टोलीको सहभागितामा एनपिएलको दोस्रो सिजन मंसिर १ गते कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।
