नेपाल पहिले ब्याटिङ गर्दै

२०८१ आश्विन ६, आईतवार २०:१४

काठमाडौं – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दैछ ।

लगातारको दुई हारको सामना गरेको नेपाल जित्नैपर्ने दबाबमा रहेको छ ।

पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो ।

आजको खेलमा नेपालले दोस्रो खेलको टोलीलाई नै यथावत राखेको छ ।

नेपालको प्लेइङ – ११

आरिफ शेख, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), अर्जुन साउद, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy