आदीलको आक्रामक ब्याटिंगले डीएभी सेमीमा : युनिभर्सिटी कप

Aadil Khan

फोटो फिचर : आदील खान (डीएभी) फाइल फोटो

  • विकेटनेपाल – ३० फाल्गुन, बुधबार

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि ‘गोल्डेन गेट युनिभर्सिटी कप क्रिकेट’ प्रतियोगिताको बुधवार सम्पन्न क्वार्टरफाइनल खेलहरु जित्दै डीएभी र गोल्डेन गेट सेमीफाइनल प्रवेश गरेका छन्। डीएभीले शंकरदेवलाई तथा गोल्डेन गेटले जनता कलेजलाई पराजित गरेको हो।

यस अघि मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलहरु जित्दै टियु र कस्मस कलेज सेमीफाइनल प्रवेश गरिसकेका छन्। शुक्रबार हुने दुईवटा सेमीफाइनल खेल अन्तर्गत पहिलो खेलमा टियुले कस्मसको तथा गोल्डेन गेटले डीएभीको सामना गर्नेछ।

पहिलो खेल : डीएभीको सहज जितमा आदीलको विस्फोटक पारि

दिनको पहिलो खेलमा डीएभीले शंकरदेव क्याम्पसमाथि ८ विकेटको सहज जित दर्ता गर्यो। डीएभीलाई अन्तिम चारसम्म पुर्याउन अन्डर-१९ राष्ट्रिय टोलिका सदस्य रहिसकेका आदील खानले उत्कृस्ट ब्याटिंग गरे।

पहिले ब्याटिंग गर्दै शंकरदेवले दिएको १६९ रनको लक्ष्य डीएभीले मात्र १५.३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। उसको जितमा म्यान अफ दि म्याच चुनिएका आदील खानले ७७ रनको बिष्फोटक पारि खेले। मात्र ३५ बलमा आदिलले ५ चौका र ६ छक्का प्रहार गरे। यस्तै संजय बस्नेतले अविजित ३६ रन जोडे। शंकरदेवको बलिंगमा सुनिल धमला र प्रेम तामांगले समान १-१ विकेट हात पारे।

यसअघि पहिले ब्याटिंग गरेको शंकरदेव क्याम्पसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो। उसको इनिंगमा प्रदिप ऐरीले सर्वाधिक अविजित ५० रन (२५ बल, २ चौका र ४ छक्का ) तथा सुनिल धमला र आयुष्मान बमले समान ४४-४४ रन जोडेका थिए।
डीएभीको बलिंगमा दिलिप यादव र सुमित झाले समान २-२ विकेट चट्काएका थिए।

दोस्रो खेल : गोल्डेन गेटसंग जनता कलेज स्तब्ध

दिनको दोस्रो खेलमा बलियो देखिएको टोलि गोल्डेन गेटले जनता कलेजमाथि ६२ रनको शानदार जित हात पार्यो।

पहिले ब्याटिंग गर्दै गोल्डेन गेटले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन जोडेको थियो। उसको इनिंगमा भुपेन्द्र थापाले सर्वाधिक ५७ रन (४५ बल, ३ चौका, ४ छक्का) तथा म्यान अफ दि म्याच रबि कुमार साहले ४२ रन (२७ बल) जोडेका थिए। जनताको बलिंगमा सागर क्षेत्रिले १ विकेट हात पारे।

जवाफमा १७२ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको जनता कलेजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०९ रन मात्र जोड्न सक्यो। उसको चेजमा अंकित आर्जे र निराजन केसीले समान २६-२६ रन जोडेपनि जित दिलाउन सकेनन्। गोल्डेन गेटको बलिंगमा रभी कुमार साहले २ तथा साहब आलमले १ विकेट लिए।

कुल १६ वटा टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन्। यस्तै उत्कृस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैया तथा प्रत्येक खेलको उत्कृस्ट खेलाडीले ५ हजार रुपैयाँ बराबरको एक्सटेपको जुत्ता र नेपाल टेलिकमद्वारा १ हजार रुपैया प्राप्त गरिरहेका छन्।

सहभागी टिमहरु –

गोल्डेनगेट कलेज, त्रिभुवन युनिभर्सिटी ‘ए’ , त्रिभुवन युनिभर्सिटी ‘बि’ , सेन्ट जेभियर कलेज, कसमस कलेज, नेपाल कमर्श क्याम्पस, डि.भी कलेज, ट्रिटन कलेज, शंकरदेव कलेज, क्यारेबियन कलेज, ओमेगा कलेज, युनिग्लोब कलेज, के एण्ड के कलेज, न्यु समिट कलेज, बन कलेज र जनता उच्च मावि





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]