आदील रशिदको नजरमा बिराट कोहली भन्दा बाबर आजम माथि

इंग्ल्याण्ड स्पिनर आदील रशिदले एक अन्तर्वार्ताको क्रममा बिराट कोहली भन्दा बाबर आजम उत्कृस्ट ब्याट्सम्यान रहेको बताएका छन्।

पाकिस्तान युवा क्रिकेटर बाबर आजमलाई भारतीय कप्तान बिराट कोहलीसंग तुलना गर्ने गरिन्छ। २५ वर्षीय दायाँ हाते ब्याट्सम्यानले सबै फर्म्याटमा आफुलाई अब्बल ब्याट्सम्यान साबित गर्दै आएका छन्। सेतो बल क्रिकेटमा त आजम झनै उत्कृस्ट छन्। अर्कोतर्फ कोहलीलाई आधुनिक क्रिकेटका महान ब्याट्सम्यान मान्छ जसले क्रिकेटको सबै तिन फर्म्याटमा ५० भन्दा माथिको औशतले रन बनाईरहेका छन्। कप्तानको रुपमा पनि कोहलीले आफुलाई अब्बल सावित गरिरहेका छन्।

फ्यान र क्रिकेट पण्डितहरु बीच कोहली र बाबर मध्ये उत्कृस्ट को भन्ने बहसमा फरक बहस हुनु नौलो कुरा हैन। इंग्ल्यान्ड लेग स्पिनर आदील रशिदको नजरमा भने कोहली र बाबर मध्ये  बाबर उत्कृस्ट ब्याट्सम्यान हुन्।

“यो निकै कठिन छनौट हो। म वर्तमान फर्मको आधारमा जानु पर्छ …. मलाई लाग्छ म बाबर आजम रोज्छु वर्तमान फर्मको आधारमा। म अहिलेको कुरा गर्दै छु , बाबर आजम उत्कृस्ट फर्ममा रहेका छन् त्यसैले मैले आजमलाई रोजे। तर दुवै विश्वस्तरीय खेलाडीहरु हुन् भन्नेमा संका छैन” खानले क्रिज टिभीसंगको अन्तर्वार्तामा बताएका हुन्।

रन मेसिन कोहलीले यसै वर्ष फेब्रुअरीमा न्युजिल्याण्ड भ्रमणमा टि-२०, एकदिवसीय र टेस्ट सिरिज खेल्ने क्रममा उत्कृस्ट लय दोहोर्याउन सकेका थिएनन् र फ्लप रहेका थिए। उक्त भ्रमणको दुइ टेस्टमा मात्र कुल ३८ रन बनाउन सकेका कोहलीले तिन वटा एकदिवसीयमा मात्र एक अर्धशतक मदतले ७५ रन बनाउन सकेका थिए। ५ वटा टि-२० मा तुलनात्मक रुपमा राम्रो खेलेका कोहलीले १ सय ५० रन बनाएका थिए।

आईसीसी ब्याटिंग वरियतामा बाबर आजम टेस्टमा पाँचौ, एकदिवसीयमा तेश्रो स्थानमा रहेका छन् भने टि-२० मा पहिलो स्थानमा रहेका छन्। अर्कोतर्फ कोहली टेस्टमा दोश्रो, एकदिवसीयमा पहिलो र टि-२० मा दशौँ स्थानमा रहेका छन्।

बाबर आजमको प्रदर्शन : 

टेस्ट :  २६ खेलमा १,८५० रन,   ५ शतक र १३ अर्धशतक
एकदिवसीय : ७४ खेलमा ३,३५९ रन, ११ शतक र १५ अर्धशतक
टि-२० : ३८ खेलमा १,४७१ रन, १३ अर्धशतक

बिराट कोहलीको प्रदर्शन : 

टेस्ट : ८६ खेलमा ७,२४० रन, २७ शतक र २२ अर्धशतक
एकदिवसीय : २४८ खेलमा ११,८६७ रन, ४३ शतक ५८ अर्धशतक
टि-२० : ८२ खेलमा २,७९४ रन, २४ अर्धशतक

रशिदले अन्तर्वार्ताको क्रममा आफ्नो विश्व-११ टिमको समेत चयन गरेका छन् जसमा कोहली र आजमलाई स्थान दिएका छन्। उक्त टिमको कप्तान ओएन मोर्गनलाई चुनेका उनले स्टिभ स्मिथलाई भने समावेश गरेका छैनन्।

आदील राशिदको विश्व-११ टिम : रोहित शर्मा, डेभिड वार्नर, बिराट कोहली, बाबर आजम, ओएन मोर्गन ( कप्तान ) , जोस बटलर ( विकेटकिपर ) , बेन स्टोक्स, मिचेल स्टार्क, इमरान ताहिर, ट्रेन्ट बोल्ट, कागीसो रबाडा





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]