T20 World Cup : आज दुईवटा खेल हुँदै

२०७८ कार्तिक १६, मंगलवार ०९:३२

२०२१ टि-ट्वान्टी विश्वकप अन्तर्गत मंगलबार सुपर-१२ चरणका दुई खेल हुँदैछन्। पहिलो खेल समुह ‘१’ का टोलि दक्षिण अफ्रीका र बंगलादेश बीच दिउँसो ३:४५ बजे शेख जायद स्टेडियम अबुधाबीमा सुरु हुनेछ। दोश्रो खेल समुह ‘२’ अन्तर्गतका टिम पाकिस्तान र नामिबिया बीच रातको ७:४५ बजे शेख जायद स्टेडियममै सुरु हुनेछ।

सुपर-१२ चरणमा तिन वटै खेलमा पराजित बंगलादेशको सेमीफाइनल पुग्ने सम्भावना निकै कम छ। बाँकी दुवै खेल जितेको खण्डमा पनि दक्षिण अफ्रीका या अस्ट्रेलियाले मात्र एक खेल जितेको खण्डमा पनि बंगलादेशको सम्भावना सकिन्छ। अर्कोतर्फ ३ खेलमा २ जितको साथ ४ अंक सहित दोश्रो स्थानमा रहेको दक्षिण अफ्रीका सोहि स्थानमा रहन आज जित दर्ता गर्न आवस्यक छ। प्रतियोगितामा बंगलादेश श्रीलंकासंग ५ विकेटले, इंग्ल्यान्डसंग ८ विकेटले तथा वेस्टइन्डिजसंग ३ रनले पराजित भएको थियो। दक्षिण अफ्रीका अस्ट्रेलियासंग ५ विकेटले पराजित भएपछि वेस्टइन्डिजलाई ८ विकेटले तथा श्रीलंकालाई ४ विकेटले पराजित गरेको थियो।

हेड टु हेड : दुई टिम बीच हालसम्म टि-२० अन्तर्राष्ट्रियमा ६ पटक प्रतिस्पर्धा हुँदा सबै पटक दक्षिण अफ्रीका विजयी भएको छ। टि-२० विश्वकपमा पछिल्लो पटक २००७ मा भेट हुँदा दक्षिण अफ्रीका ७ विकेटले विजयी भएको थियो।

बंगलादेशको सम्भावित ११ : मोहम्मद नैम, लिटन दास, सौम्य सरकार, मुस्फिकुर रहिम, महमुदुल्लाह ( कप्तान ) , अफिफ होसेन , मेहदी हसन, शमिम होसेन, शोरिफुल इश्लाम, तास्किन एहमद, मुस्तफिजुर रहमान

दक्षिण अफ्रीकाको सम्भावित ११ : क्विन्टन डीकक ( विकेटकिपर ) , रेजा हेन्ड्रिक्स, रसी भान डर डुसेन, तेम्बा बभुमा ( कप्तान ) , एडेन मारक्रम, डेभिड मिलर, ड्वेन प्रिटोरियस, कागीसो रबाडा, केशव महाराज, एनरिक् नोर्किया, तब्रेज शाम्शी

विश्वकपमा शानदार लयमा रहेको पाकिस्तान समुह ‘२’ मा तिन वटा जितको साथ शिर्ष स्थानमा छ। उसले भारतलाई १० विकेटले, न्युजिल्यान्डलाई ५ विकेटले तथा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। आजको जितले पाकिस्तान सेमीफाइनल पुग्ने पहिलो टिम बन्नेछ। अर्कोतर्फ नामिबियाले स्कटल्याण्डलाई पहिलो खेलमा ४ विकेटले पराजित गरेता पनि दोश्रो खेलमा अफगानिस्तानसंग ६२ रनको विशाल अन्तरको हार बेहोरेको थियो। आज पाकिस्तानलाई पराजित गर्दै अप्रत्यासित जित दर्ता गर्दै नामिबीया पनि सेमीफाइनल रेसमा आउन चाहन्छ।

हेड टु हेड : दुवै टिमले हालसम्म एकअर्कासंग टि-२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरेका छैनन्। एकदिवसीय अन्तर्राष्ट्रियमा मात्र दुई टिम मात्र एक पटक भेट भएका छन्। सन् २००३ को विश्वकपमा पाकिस्तानले नामिबियालाई १७१ रनले पराजित गरेको थियो।

पाकिस्तानको सम्भावित ११ : मोहम्मद रिजवान ( विकेटकिपर ) , बाबर आजम ( कप्तान ) , फखर जमान, मोहम्मद हफिज, शोयब मलिक, आसिफ अलि, इमाद वासिम, शदाब खान, हसन अलि, शाहिन अफ्रिदी, हरिस रौफ

नामिबियाको सम्भावित ११ : स्टेफेन बार्ड, जेन ग्रिन ( विकेटकिपर ) , क्रेग विलियम्स, जेरार्ड इरास्मस ( कप्तान ) , डेभिड विजे, जेजे स्मित, माइकल भन लिंगेन, जान फ्राईलिंक, जान निकोल इटन, रुबेन ट्रंपलम्यान, बर्नार्ड स्कल्ज

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy