आजबाट एसीसी इमर्जिङ टिम्स एसिया कप सुरु हुँदै

श्रीलंकामा एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता आज (बिहीबार)बाट सुरु हुदैछ । प्रतियोगितामा नेपालसहित ८ देशका टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको पहिलो दिन समूह ए का दुई खेल हुदैछ । श्रीलंका ए ले बंगलादेश ए को सामना गर्दै छ । खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुदैछ । दोस्रो खेलमा अफगानिस्तान ए र ओमान ए भिड्दै छन् । दुवै खेल नेपाली समय अनुसार बिहान १०:१५बजे सुरु हुनेछ ।

समूह बी मा रहेको नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल सहित ८ देशहरु सहभागी छन्। नेपाल समुह ‘बि’ मा छ जुन समुहमा टेस्ट राष्ट्र भारत ‘ए’ , पाकिस्तान ‘ए’ र युएई ‘ए’ टिम छन्। समुह ‘ए’ मा अफगानिस्तान ‘ए’ , श्रीलंका ‘ए’ , बंगलादेश ‘ए’ र ओमान ‘ए’ छन्। समुह चरणमा सबै टिमले एक अर्कासंग १/१ खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्।

नेपाली टिम : रोहित पौडेल ( कप्तान ), आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ

नेपाको खेल तालिका :

१४ जुलाई : विरुद्ध पाकिस्तान ‘ए’

१७ जुलाई : विरुद्ध भारत ‘ए’

१९ जुलाई : विरुद्ध युएई ‘ए’





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]