टेस्ट क्रिकेटबाट मोहम्मद आमिरको सन्यास

२०७६ श्रावण १०, शुक्रबार १७:२३

पाकिस्तानका देब्रे हाते तिब्र गति बलर मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट शुक्रबार सन्यास घोषणा गरेका छन्।

“पाकिस्तानको लागि क्रिकेटको पुरानो फर्म्याटमा प्रतिनिधित्व गर्नु मेरो लागि गर्वको कुरा हो तथापी मैले लामो फर्म्याटबाट टाढा जाँदै सेतो बलको क्रिकेटमा ध्यान दिने निर्णय गरेको छु” आमिरले शुक्रबार जारि गरेको बिज्ञप्तिमा बताएका छन्।

सन् २००९ मा १७ वर्षको उमेर हुँदा टेस्ट क्रिकेटमा डेब्यु गरेका आमिरले कुल ३६ टेस्ट खेल्दा ११९ विकेट लिएका छन्। २७ वर्षीय खेलाडीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपमा आफ्नो ध्यान केन्द्रित गर्न ठुलो निर्णय लिएका हुन्।

“पाकिस्तानको लागि खेल्नु मेरो सबैभन्दा ठुलो चाहना र उद्देश्य थियो र म आगामी टि-२० विश्वकपको लागि शारीरिक रुपमा उत्कृस्ट रुपमा तयार गर्न प्रयास गर्नेछु”

टेस्ट क्रिकेटमा उत्कृस्ट रुपमा पदार्पण गरेका आमिर सन् २०१० मा म्याच फिक्सिंग स्क्यानडलमा संलग्न भए पछि ५ वर्षको प्रतिबन्धमा परेका थिए। उनिसंगै त्यसबेला साथि बलर मोहम्मद आसिफ र कप्तान सलमान बट प्रतिबन्धमा परेका थिए।

पाकिस्तान क्रिकेट बोर्डले प्रतिबन्ध सकिए पछि उनलाई राष्ट्रिय टिममा कमब्याक गर्ने मौका दिएको थियो। प्रतिबन्ध हुनु अघि उनले अन्तिम टेस्ट खेलेको मैदान लार्ड्समै कमब्याक पछि पनि उनको आगमन भएको थियो।

आमिरले प्रतिबन्धबाट फर्किएपछि २२ टेस्ट खेल्दै ६८ विकेट लिएका छन् जुन क्रममा उनले वेस्ट इन्डिज बिरुद्ध करियरकै उत्कृस्ट ६/४४ बलिंग समेत गरे।

“यो निर्णय गर्न मेरो लागि सहज थिएन र मैले यो बारे पहिले देखि सोचीरहेको थिए। सुरु हुन गइरहेको आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा पाकिस्तानले नयाँ फास्ट बलरहरु ल्याउन पहल गरिरहेको छ त्यसैले यो समयलाई उपयुक्त मानेर मैले टेस्ट क्रिकेटमा समय अन्त्य गरेको हुँ”

पाकिस्तान क्रिकेट बोर्डका म्यानेजिंग डीरेक्टर वासिम खानले आमिरको तारिफ गर्दै सन् २०१० को घटना पछि उनले बलियो कम्ब्याक गरेकोमा उनको व्यक्तित्वको समेत प्रसंसा गरेका छन्।

“आमिर टेस्ट क्रिकेटको उत्कृस्ट मध्ये देब्रे हाते बलर थिए। युवा क्रिकेटरको रुपमा उनले उत्कृस्ट पुनरागमन गर्दै आफुलाई राम्रो व्यक्तिको रुपमा प्रमाणित गरेका छन्। मैदानमा उनको कला र व्यक्तित्व लामो फर्म्याटको ड्रेसिंग रुममा याद गरिनेछ”

“यद्धपि हामीले उनको निर्णयको सम्मान गर्दै सेतो बल क्रिकेटमा पाकिस्तानको लागि प्रमुख भूमिका खेल्ने विश्वास गरेका छौँ”

आमिरले एकदिवसीय अन्तर्राष्तिरीमा ५९ खेल खेल्दा ७७ विकेट लिएका छन् भने टि-२० अन्तर्राष्ट्रियमा ४२ खेलमा ५५ विकेट लिएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy