क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ ।
ललितपुरको कुमारीपाटीमा रहेको क्यास्पियनले आइतबार एक कार्यक्रमको आयोजना गर्दै आरिफलाई ब्रान्ड एम्बासडर घोषणा गरेको हो ।
यो कदमले क्यास्पियन भ्यालीले शैक्षिक उत्कृष्टतासँगै खेलकुदको प्रवर्द्धनमा पनि दृढ प्रतिबद्धता जनाएको विद्यालयले जनाएको छ । विद्यालयले विद्यार्थीहरूलाई समग्र रूपमा विकास गराउनका लागि शैक्षिक तथा खेलकुद दुबै क्षेत्रमा सशक्त वातावरण निर्माण गर्न लागेको विद्यालयको तर्क छ ।
विद्यालयका प्रधानाध्यापक मनीष पण्डितले भने, “शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनुहुँदैन भन्ने हाम्रो विश्वास हो । आरिफ शेखजस्तो सफल खेलाडीलाई ब्रान्ड एम्बासडर बनाएर हामीले यो सन्देश दिन चाहेका छौँ कि क्यास्पियन भ्याली खेलकुदलाई उत्तिकै महत्त्व दिन्छ र नेपालका भविष्यका खेलाडीहरूलाई निखार्न कटिबद्ध छ ।”
आरिफ शेख नेपाली क्रिकेटमा स्थापित नाम हुन् र उनले आफ्ना उपलब्धिबाट थुप्रै युवा खेलाडीहरूलाई प्रेरणा दिएका छन्। अब उनी क्यास्पियन भ्यालीका विद्यार्थीहरूका लागि मार्गदर्शकको भूमिकामा रहनेछन्।
कलेजले कक्षा ११ मा भर्ना लिने इच्छुक विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि अवसर प्रदान गर्ने जनाएको छ।
क्यास्पियन भ्याली एसएस/कलेजले शैक्षिक उत्कृष्टतासँगै खेल र अन्य क्षेत्रमा नेतृत्व गर्न सक्ने प्रतिभावान व्यक्तित्वहरू विकास गर्ने लक्ष्य लिएको छ।
