पुलिससंग आर्मी पराजित, आरिफको अल-राउण्ड प्रदर्शन

सानो योगफलको खेलमा त्रिभुवन आर्मी क्लबलाई ५० रनले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा तेश्रो जित दर्ता गरेको छ।

टियु मैदानको मध्य पिच जुन सुस्त विकेटको रुपमा चिनिन्छ त्यहाँ ब्याट्सम्यानहरुले खुलेर रन बनाउन सकेनन्।

टस जितेर आर्मीले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको पुलिसले ४८.४ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्रै बनाउन सकेको थियो। तर लक्ष्य पछ्याउने क्रममा आर्मीले झनै खराब ब्याटिंग गर्यो र ४२.३ ओभरमा १११ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

समुह ‘बि’ अन्तर्गत त्रिभुवन आर्मी क्लब सेमीफाइनल पुग्ने पक्का जसो रहेको छ। ४ खेलमा आर्मीले ३ जित र १ हार बेहोर्दै ६ अंक रहेको छ भने पुलिसको १ खेल अगावै ६ अंक रहेको छ। अब भोलि टियु मैदानमा हुने पुलिस र प्रदेश-२ बीचको खेलले को-को सेमीफाइनल पुग्ने निर्णय हुनेछ। प्रदेश-२ लाई सेमीफाइनल पुग्न पुलिसलाई पराजित गरेर मात्रै हुँदैन नेट-रन रेटमा समेत पछि पार्न ठुलो अन्तरले पराजित गर्नुपर्नेछ। पुलिसको १.४७ नेट रन रेट रहेको छ भने प्रदेश-२ को ०.८६८। पुलिसले खेल जितेमा समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ।

पुलिसले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले सुरुवात देखि लगातार विकेट गुमाउन पुगेको थियो। हरि बहादुर चौहानले ३४, राजु रिजाल र रोहित पौडेलले समान १६ रन बनाए।

पुलिसको लागि देब्रे हाते स्पिनर ललित राजबंशीले सर्वाधिक ३ विकेट ( ८.३-२-३१-३ ) तथा आरिफ शेख ( ७-१-१८-२ ) र दिपेन्द्र ऐरी ( १०-५-२१-२ ) ले २/२ विकेट लिए। सगर ढकाल ( ८-३-१०-१ ) र पवन सर्राफ ( ९-१-३१-१ ) ले १/१ विकेट लिए। नियमित फास्ट बलर ललित भण्डारी बिनै पुलिस उत्रिएको थियो।

शाहब आलमको उत्कृस्ट बलिङ्ग 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको पुलिसले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १६१ रन बनाएको थियो।

खराब सुरुवात गर्ने क्रममा पुलिसले पहिलो ३ विकेट २४ रनको योगफलमै गुमाउन पुगेको थियो। प्रतियोगितामा पुलिसको लागि यस अघिको खेल नखेलेका सुनिल धमलाले पहिलो पटक मौका पाउदा त्यसको सदुपयोग गर्न सकेनन् र ५ रन बनाएर आउट भए। यस्तै अघिल्लो खेलमा शतक बनाएका अमित श्रेष्ठ ४ तथा अनिल साह १३ रन बनाएर आउट भए।

Aarif Sheikh , Manjeet Shrestha

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र दिलिप नाथले ३७ रनको साझेदारी गरे। दिलिप १४ रन बनाएर आउट भए जस लगत्तै दीपेन्द्र पनि २९ तथा कुशल भुर्तेल ५ रन बनाएर आउट भए।

९४/७ ( ३१.३ ओभर ) को नाजुक अवस्थामा पुगेको पुलिसको लागि त्यसपछि कप्तान मन्जित श्रेष्ठ र आरिफ शेखले अर्धशतकीय साझेदारी गर्दै योगफल १५० पार गराए। ३४ रन ( ५४ बलमा २ चौका ) बनाएर आरिफ ४६ औं ओभरमा आउट हुन पुगे।

मन्जित श्रेष्ठले ३६ रन बनाएर अन्तिम सम्म अविजित रहे। श्रेष्ठले ६२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

Shahab Alam

आर्मीको बलिंगमा देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ३० रन खर्चिए। यस्तै करन केसीले २ ( ९.४-०-३६-२ ) र जितेन्द्र मुखिया, सुशन भारि र कुशल मल्लले १/१ विकेट लिए। स्कोरकार्ड  , अंकतालिका 

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]