आरिफ र दिपेन्द्रले शानदार साझेदारी गर्दा नेपालले बनायो १८८

एसिया कप छनौट प्रतियोगिता २०१८ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा मलेसियाको सामना गर्दैछ। पहिले ब्याटिंग गरेको नेपालले मलेसियालाई जितका लागि १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बर्षाका कारण ३० ओभरमा झारिएको खेलमा पहिले ब्याटिंग गर्दै नेपालले ७ विकेटको क्षतिमा १८८ रन जोडेको छ। नेपालको इनिंगमा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्ध-शतकीय पारि खेले। ओसिलो पिचमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले ओपनर सुबाश खकुरेल (९) लाई १८ रन जोड्दा गुमाएको थियो।

नम्बर ३ मा ब्याटिंग गर्न आएका ज्ञानेन्द्र मल्लले समेत खास प्रदर्शन गर्न सकेनन् र ३८ रनको स्कोरमा नेपालले दोस्रो विकेट गुमायो। त्यसपश्चात क्रमश ५६ र ६० रनको स्कोरमा पारस खड्का (१३) , अनिल कुमार साह (१६) र सागर पुन (०) लाई गुमाउँदा नेपाल ६०/५ को खराब अवस्थामा पुगेको थियो।

नेपालको इनिंगलाई खराब अवस्थाबाट माथी उठाउन आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले छैठौं विकेटका लागि १०१ रनको साझेदारी गरे। २७.३ ओभरमा सैज्रुल इजातको बलमा बोल्ड हुनअघि दिपेन्द्रले ५१ बलमा ६ चौका र १ छक्का सहित ५४ रनको इनिंग खेले। यस्तै अविजित रहने क्रममा आरिफ शेखले भने मात्र ४८ बलमा ५ चौका र २ छक्का सहित ६४ रन जोड्न भ्याए। नेपालले १३ रन वाइड स्वरूप अतिरिक्त पाएको थियो।

मलेसियाको बलिंगमा सैज्रुल इजात र सर्भिन मुनिअन्डीले सर्वाधिक ३-३ तथा मुहम्मद रहमानले १ विकेट हात पारे। प्रतियोगिताको फाइनल पुग्दै एसिया कपको सपना कायम गर्न नेपाललाई आफ्ना सबै खेल जित्ने दवाब रहेको छ।

नेपालको बाँकी खेल तालिका :- २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy