रोहित र आरिफको अर्धशतकीय साझेदारीले नेपाल नियन्त्रणमा

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा पपुवा न्यु गिनीले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ४ विकेट क्षेतीमा १०६ रन बनाएको छ।जितको लागि नेपाललाई अझै ९९ रन आवस्यक छ।

क्रिजमा रोहित पौडेल ४४ तथा आरिफ शेख २५ रनमा अविजित छन्। रोहितले ५९ बलमा ४ चौका प्रहार गरेका छन्। आरिफ र रोहितले पाँचौ विकेटको लागि ५८ रनको साझेदारी गरिसकेका छन्।

नेपालले ४२ रन बनाउदा ४ विकेट गुएको थियो। कुशल भुर्तेल १, ज्ञानेन्द्र मल्ल ४, दिपेन्द्र ऐरी ८ तथा आसिफ शेख १६ रन बनाएर आउट भएका थिए।

टस जितेर ब्याटिंग रोजेको पपुवा न्यु गिनीले निर्धारित ५० ओभरमा ८ विकेट क्षेतीमा २०४ रन बनाएको थियो।

पपुवा न्यु गिनीको लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ८२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। चाड सोपरले ३५, टोनी उराले २७, लेगा सियाकाले २५,  नोर्अमन भानुवाले २३ तथा असद भालाले १९ रन बनाए। हेर्नुस स्कोरकार्ड 

पपुवा न्यु गिनीका ओपनर टोनी उरा र लेगा सियाकाले अर्धशतकीय साझेदारी गरे। दशौँ ओभरमा आरिफ शेखले उरालाई विकेटपछाडी क्याच आउट पारे। तेह्रौं ओभरमा कप्तान सन्दिपले सियाकालाई बोल्ड गरे। तेश्रो विकेटको लागि कप्तान असद भाला र चार्ल्स अमिनीले ३५ रन जोडे। चौबिसौं ओभरमा भालालाई ज्ञानेन्द्र मल्लले पहिलो अन्तर्राष्ट्रिय विकेट लिंदै क्याच आउट पारे। लगत्तै ओभरमा खाता नखोली हिरी मल्लबाट रन आउट भए।

९१/४ को अवस्थामा पुगेको पपुवा न्यु गिनीको इनिंग्स अमिनी र चाड सोपरले अर्धशतकीय साझेदारी गर्दै उकासे। दुवैले ७४ रनको साझेदारी गरे जसलाई पैतालीसौं ओभरमा सोमपाल कामिले अमिनीलाई क्याच आउट पार्दै तोडे। त्यसपछि केहि आक्रामक सट खेलेका भानुवा अड्चालीसौं ओभरमा रन आउट भए। ४९ औं ओभरमा सोमपालले चाड सोपर सहित दुई विकेट लिए। अन्तिम ५ ओभरमा उसले

नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ४८ रन खर्चिए। आरिफ शेख ( ६-०-१६-१ )  सन्दीप लामिछाने ( १०-०-३०-१ ) र ज्ञानेन्द्र मल्ल ( २-०-६-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्यु गिनी युएईसंग पराजित भैसकेको छ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]