आरिफ शेखको ६ उत्कृस्ट ब्याटिंग प्रदर्शन

नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले २०१४ एसीसी प्रिमियर लिगमा हंगकंग बिरुद्ध नेपालको लागि डेब्यु गरेका थिए। आरिफले घरेलु क्रिकेट र नेपाली अन्डर-१९ राष्ट्रिय टिमको लागि उत्कृस्ट योगदान दिंदै राष्ट्रिय टिमसम्मको यात्रा गरेका थिए। बिरगंजमा सन् १९९७ मा जन्मिएका आरिफले मौका पाएको बेला कैयौं पटक आफ्नो महत्व सावित गरिसकेका छन्। त्यसै मध्ये आरिफले नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै खेलेका केहि महत्वपूर्ण इनिंगहरु बारे यहाँ चर्चा गरेका छौँ।

४२ रन ( बिरुद्ध केन्या , २०१८ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२, नामिबिया ) 

केन्या बिरुद्ध ३ विकेटको रोमान्चक जित निकाल्ने क्रममा आरिफ शेखले उत्कृस्ट ब्याटिंग गरेका थिए। केन्याले दिएको १७८ रन लक्ष्य पछ्याउने क्रममा नेपालको ६९ रनमै ४ विकेट गुमीसकेको थियो। मुस्किल अवस्थामा आरिफले धैर्यतापूर्वक ब्याटिंग गर्दै नेपाललाई जितनजिक पुर्याएका थिए। सो क्रममा उनले रोहित पौडेलसंग छैठौं विकेटको लागि ८७ रनको साझेदारी गरेका थिए। १०७ मिनेट क्रिजमा रहने क्रममा उनले ८२ बलमा २ चौका प्रहार गरेका थिए।

५० रन ( बिरुद्ध जिम्बाब्वे ) , २०१८ विश्वकप छनौट , जिम्बाब्वे ) 

टेस्ट राष्ट्र जिम्बाब्वे बिरुद्ध उसैको देशमा खेल्ने क्रममा नेपाल पराजित भए पनि आरिफ शेखले अर्धशतक बनाएका थिए। जिम्बाब्वेले दिएको ३८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २६४ रन बनाउन सकेको थियो। ५९ बलमा ५ चौका प्रहार गर्ने क्रममा आरिफले ११०/४ को नाजुक अवस्थाबाट नेपालको इनिंगलाई सम्मानजनक योगफलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए। त्यसक्रममा आरिफले पाँचौ विकेटको लागि शरद भेसावकरसंग ७३ रनको तथा छैठौं विकेटको लागि रोहित पौडेलसंग ६९ रनको साझेदारी गरेका थिए।

६४ रन ( बिरुद्ध मलेसिया, २०१८ एसिया कप छनौट , मलेसिया ) 

१९ रनको थोरै अन्तरको जित निकाल्ने क्रममा नेपालले दिएको १८९ रन लक्ष्य पछ्याउदै मलेसियाले १६९ रन बनाउन सकेको थियो। ३० ओभर प्रति इनिंगको उक्त खेलमा आरिफ शेखले मात्र ४८ बलमा ५ चौका र २ छक्का मद्दतले अविजित ६४ रन बनाएका थिए। ६० रनमा नेपालले ५ जना ब्याट्सम्यान गुमाईसकेको अवस्थाबाट आरिफले अन्तिमसम्म इनिंग सम्हालेका थिए। यसक्रममा उनले दिपेन्द्र ऐरीसंग १०१ रनको उत्कृस्ट साझेदारी गरेका थिए।

४२ रन ( बिरुद्ध हंगकंग, २०१९ एसीसी इमर्जिंग टिम्स कप, बंगलादेश )

पाँचौ नम्बरमा ब्याटिंग गर्ने क्रममा आरिफले पुनः नेपालको मध्यक्रम सम्हालेका थिए। ८६/३ को अवस्थाबाट उनले चौथो विकेटको लागि महत्वपूर्ण ७४ रनको साझेदारी गरे। शरद भेसावकरलाई साथको आवस्यकता पुरा गर्ने क्रममा उनले ४८ बलमा ३ चौका र ३ छक्का मद्दतले ४२ रन बनाए। खेलमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा हंगकंगले १७७ रन मात्र बनाउन सकेको थियो।

२६ रन ( बिरुद्ध क्यानडा, २०१८ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ , नामिबिया ) 

क्यानडा बिरुद्ध डिभिजन-२ को १ विकेटको जित करन केसीको चमत्कारिक इनिंगको लागि सम्झिने गरिन्छ। तर आरिफ शेखले पनि खेलमा महत्वपूर्ण योगदान दिएका थिए। खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर अन्तिम बलमा प्राप्त गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा ७३ रनमा ४ विकेट गुमाएपछि मुस्किल अवस्थामा आरिफ ब्याटिंग गर्न आएका थिए। आरिफले त्यो अवस्थामा रोहित पौडेलसंग छैठौ विकेटकको लागि ४६ रनको साझेदारी गरेका थिए। २३ औं ओभरबाट ४३ औं ओभरसम्म ब्याटिंग गरेका आरिफले ७३/४ बाट १४४/९ सम्म एक किनार सम्हालेर जितको दुरी कम गरेका थिए। उनले ९३ मिनेट क्रिजमा रहने क्रममा १ चौका मद्दतले २६ रन बनाए। त्यसपछि करन र सन्दिप लामिछानेले नेपाललाई जितसम्म पुर्याएका थिए।

२१ रन ( बिरुद्ध युएई , नेपालको युएई भ्रमण २०१९ , युएई ) 

तेश्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा ४ विकेटको जित दर्ता गर्ने क्रममा नेपालले युएईले दिएको २५५ रनको लक्ष्य ६ विकेट गुमाएर पछ्याएको थियो। लक्ष्य पछ्याउने क्रममा सातौ नम्बरमा आरिफ शेख ब्याटिंग गर्न आउदा नेपाल १८३/५ को अवस्थामा थियो। १-२ विकेट छिट्टै गएको अवस्थामा युएई खेलमा हावी हुन सक्थ्यो। त्यो अवस्थामा आरिफले छैठौं विकेटको लागि पारस खड्कासंग ३२ को तथा सातौँ विकेटको लागि सोमपाल कामिसंग ४० रनको साझेदारी गरेका थिए। उनले २४ बलमा २ चौका मद्दतले २१ रन बनाए।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]