आरिफको करियरकै उच्च प्रदर्शन, पीएनजी बिरुद्ध नेपालको कीर्तिमानी जित ( अंकतालिका सहित )

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा आज सम्पन्न त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको चौंथो तथा अन्तिम खेलमा नेपालले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। यो जित नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमा विकेटको आधारमा दोश्रो तथा बल बाँकी रहेको आधारमा तेश्रो ठूलो जित हो। पपुवा न्यु गिनी बिरुद्ध पनि यो नेपालको सबैभन्दा ठूलो अन्तरको जित हो।

स्कोरकार्ड, अंकतालिका 

नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय योगदान दिए। शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए । ओपनर आसिफ शेख २ रनमा तथा दिपेन्द्र ऐरी खाता नखोली आउट भए।  प्लेयर अफ द म्याच समेत चुनिएका आरिफको अन्तर्राष्ट्रिय करियरकै यो पहिलो अर्धशतक हो।

ज्ञानेन्द्र मल्ल अन्तिम एघारमा नहुँदा तेश्रो नम्बरमा ब्याटिंग गरेका आरिफले दोश्रो विकेटको लागि कुशल भुर्तेलसंग ८७ रनको तथा चौंथो विकेटको लागि रोहित पौडेलसंग ७७ रनको साझेदारी गरे। आरिफ र रोहित बीचको ७७ रनको साझेदारी नेपालको चौंथो विकेटको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च साझेदारी हो। यस अघि चौंथो विकेटको लागि उच्च साझेदारी सुबास खकुरेल र दिपेन्द्र ऐरी बीचको ५८ रनको साझेदारी थियो।

दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

नेपालका सोमपाल कामी ( १०-१-३७-२ )  र सन्दीप लामिछानेले ( १०-०-२९-२ ) समान २ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।

सिरिज अन्तर्गत नेपालले पपुवा न्यु गिनी बिरुद्ध दुवै खेलमा जित दर्ता गर्यो भने युएईसंगको दुवै खेलमा पराजित भयो।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]