‘२०२३ विश्वकपसम्म खेल्छु’ फिन्च

२०७७ भाद्र ३, बुधबार १८:४७

अस्ट्रेलियन सिमित ओभर क्रिकेटका कप्तान आरोन फिन्चले कोभिड-१९ को कारण पाएको क्रिकेट ब्रेकले आफ्नो करियरबारे पुनर्विचार गर्न पाएको बताएका छन्।

३४ वर्षीय फिन्चले २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपसम्म खेल्ने लक्ष्य बनाएर करियर अघि बढाउने बताएका छन्।

“२०२३ को विश्वकप फाइनलको स्टेजमा मेरो करियरको अन्त्य हुनेछ। त्यो मेरो लक्ष्य हो जसमा म अडिग छु।” फिंचले सेन रेडियो नेटवर्कसंगको अन्तर्वार्तामा बताए।

“पहिले पनि मेरो दिमागमा यो कुरा थियो तर अहिले पाएको फुर्सदले अब म पक्का भएको छु। त्यो बेलामा ३६ वर्षको हुनेछु, मेरो फर्म, फिटनेस जस्ता कुराहरुको साथ भने चाहिन्छ।”

दायाँ हाते ब्याट्सम्यानले अस्ट्रेलियाको लागि २०२१ र २०२२ को टि-२० विश्वकप तथा २०२३ को एकदिवसीय विश्वकपमा अस्ट्रेलियाको कप्तानी गर्ने मनसाय व्यक्त गरेका छन्।

“अहिले फुर्सद पाउँदा मलाई पनि अरुलाई जस्तै मुस्किल भएको छ। तर खेलाडीको रुपमा वर्षमा १०-११ महिना यात्रा गर्ने हामीलाई मानसिक रुपमा यसले ताजगी दिएको छ। यो आवस्यक पनि थियो तर मौका मिलेको थिएन। यो ब्रेकले मलाई मानसिक रुपमा आफ्नो लक्ष्य प्रति अझ अडिग बनाएको छ।”

फिंचले एकदिवसीयमा १६ शतक र २६ अर्धशतक मद्दतले ४,८८२ रन बनाएका छन्।

६ महिना पछि फिन्च र अस्ट्रेलियन टिम आगामी महिना इंग्ल्यान्ड भ्रमणमा टि-२० र वानडे सिरीज खेल्दै क्रिकेटमा फर्कनेछ। सिरिज सेप्टेम्बर ४ मा साउथह्याम्पटनमा सुरु हुनेछ। फिन्चले कोभिड-१९ मा क्रिकेटलाई निकै याद गरेको बताए-

“लकडाउनको पहिलो महिना क्रिकेट याद आएन। तर, त्यो वास्तवमा मेरो लागि अलार्मको घन्टी जस्तो थियो कि अब सन्यास लिने बेला भएको हो ? ३२ औं दिन अभ्यास नगर्दा यो कुरा मेरो मनमा आयो जसपछि मैले सोचे कि अब क्रिकेटमा फर्किनु पर्छ।”

“म पुनः क्रिकेट सुरु गर्न उत्साहित छु। ५ महिना बितिसक्यो, यति लामो फुर्सद सामान्यत पाइदैन। तर मलाई लाग्छ पहिलो ३ महिना पछि फुर्सदनै नयाँ लाग्न छोडेको थियो। त्यसपछि सबै जना मैदानमा फर्कन आतुर छन्।”

फिन्चले २०११ मा टि-२० र २०१३ मा वानडेमा डेब्यु गरेका थिए। अस्ट्रेलियाको लागी १२६ एकदिवसीयमा १६ शतक र २६ अर्धशतक मद्दतले फिंचले ४,८८२ रन बनाएका छन्। यस्तै टि-२० मा ६१ खेलमा २ शतक र १२ अर्धशतक मद्दतले १,९८९ रन बनाइसकेका छन्। मात्र ५ टेस्ट खेलेका फिन्चले २ अर्धशतक प्रहार गर्दै २७८ रन बनाएका छन्।

सम्बन्धित :-

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/rashi-santner-perf-barbados-win-2ndm-wn20/

https://wicketnepal.com/ipl-5-player-to-debut-wn20/

https://wicketnepal.com/20-records-by-kohli-12th-year-wn20/

https://wicketnepal.com/ipl-woakes-placement-sa-bow-wn20/

https://wicketnepal.com/cpl-t20-2020-from-tom-all-det-wn20/

https://wicketnepal.com/cricketers-salary-can-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy