दिल्ली क्यापिटल्सका अफ स्पिनर रभीचन्द्र आश्विनको नामसंगै जोडिएर आउने कुरा हो ‘मांकड’ । गत सिजन आईपीएलमा किंग्स-११ पन्जाबको प्रतिनिधित्व गरेका आश्विनले राजस्थान रोयल्स बिरुद्ध बलिंग गर्ने क्रममा जोश बटलरलाई मांकड आउट गरेका थिए। मांकड गरेपछि खेलले दिशा परिवर्तन गरेको थियो। आश्विनले बलिंग गर्दै गर्दा बलरलाई नहेरी बटलरले क्रिज छोडेका थिए, त्यसपछि आश्विनले स्टम्प ढालेका थिए जसपछि थर्ड अम्पायरले आउट घोषणा गरेको थियो। उक्त घटना पछि क्रिकेट जगतनै मांकडको पक्ष-विपक्षमा उभिएका थियो। धेरैले यसलाई भलादमीको खेल ‘क्रिकेट’ को भावना विपरित बताउदै आएका छन्।
आश्विन क्रिकेटमा ‘मांकड’ को पक्षमा आवाज उठाउदै यसलाई भलादमीको खेल बिपरित मान्नु नहुने तर्क गर्दै आएका छन्। लिग सुरु हुनु अघि समेत यो बारे ठुलै बहस भएको थियो। दिल्लीकै प्रशिक्षक रिकी पोन्टिङले लिग अघि एक अन्तर्वार्ताको क्रममा मांकड खेल भावना विपरीत भएको प्रतिक्रिया दिंदै आश्विनलाई सम्झाउने समेत प्रतिक्रिया दिएका थिए।
तर, बैंगलोर बिरुद्ध मंगलबारको खेलमा भने दोश्रो इनिंगको तेश्रो ओभर बलिंग गर्ने क्रममा उही आश्विनले बैंगलोर ब्याट्सम्यान आरोन फिन्चलाई ‘मांकड’ गर्ने मौका पाएता पनि आउट गरेनन्। बलिंग गर्नु अघि क्रिज छाडीसकेका फिंचलाई चेतावनी मात्र दिए। आश्विनले बल छोड्नु अघि फिंचले १ फिट क्रिज छाडीसकेका थिए र चाहेको भए सहजै आश्विनले रन आउट गर्न सक्थे।
Can’t wait @ashwinravi99 pic.twitter.com/yTSWZxm3Mf
— 🅿🅰🆅🅸🆂🅷 (@pavishkumar) October 5, 2020
आश्विनले ‘मांकड’ नगरेपछि दिल्ली प्रशिक्षक पोन्टिङ लगायत सहायक प्रशिक्षक मोहम्मद कैफ तथा अजिंके रहाने डगाउटमा मुस्कुराएको देखिएका थिए। मांकड नगर्दा सामाजिक संजालमा समेत धेरैले आश्चर्य प्रकट गरे। कमेन्टेटर आकाश चोपडाले त रन आउटको मौका मिस गरेको भन्दै ट्वीट समेत गरे।
Why Ashwin, why! 🙁 pic.twitter.com/XOoGptalPa
— Vinayakk (@vinayakkm) October 5, 2020
Run-out opportunity missed. #Finch #Ashwin #IPL2020
— Aakash Chopra (@cricketaakash) October 5, 2020
Ricky Ponting was smiling after Ravi Ashwin gave a warning to Aaron Finch for Mankading. pic.twitter.com/aCiG3pjPKH
— Mufaddal Vohra (@mufaddal_vohra) October 5, 2020
आश्विनले ट्वीट गर्दै बताए कारण
धेरैले आश्चर्य मानेपछि खेल पछि आश्विनले ट्वीटर मार्फत ‘मांकड’ नगर्नुको कारण बताए –
“कुरालाई स्पस्ट पारौं। यो २०२० को पहिलो र अन्तिम चेतावनी हो। म आधिकारिक घोषणा गर्दैछु, अब मलाई दोष नदिनु।” आश्विनले आगामी खेलमा पुनः मौका आएको खण्डमा भने मांकड गर्ने स्पस्ट पारेका छन्।
अफस्पिनरले प्रशिक्षक रिकी पोन्टिङलाई ट्याग गर्दै थप लेखेका छन् – “खैर, आरोन फिन्च र म राम्रो साथि हौँ” भन्दै उनले हाँसेको इमोजी राखेका छन्।
‘फ्री हिट’ जस्तै बलरलाई पनि ‘फ्री बल’ दिनुपर्छ – आश्विन
लिग अघि कोलकाताका कप्तान दिनेश कार्तिकले मांकड गर्नु सहि या गलत भन्ने प्रश्न सोधेपछि आश्विनले यो बारे महत्वपूर्ण धारणा राखेका थिए। आश्विनले क्रिकेट खेलमा ‘मांकड’ को परिस्थितिमा ‘फ्री बल’ को घोषणा गर्नुपर्ने बताएका थिए।
सिमित ओभर क्रिकेटमा बलरले नो बल गरेमा ब्याट्सम्यानले ‘फ्री हिट’ पाउने गर्छ जसमा ब्याट्सम्यान रन आउट बाहेक अरु तरिकाले आउट हुँदैन र रन बनाउन पाउछ। बलरले क्रिज छोडेर बलिंग गरे ब्याट्सम्यानलाई ‘फ्री हिट’ दिने तर ब्याट्सम्यानले क्रिज छोडेमा चेतावनी मात्र दिने कुराको आश्विन विपक्षमा रहेका छन्।
“यदी नन-स्ट्राइकर ब्याट्सम्यानले बलिंग गर्नु भन्दा क्रिज छोड्छ भने त्यो बललाई ‘फ्री बल’ घोषित गर्नुपर्छ। र यदी ‘फ्री बल’ मा ब्याट्सम्यान आउट हुन्छ भने ‘ब्याटिंग पक्षको ५ रन काटिनु पर्छ’ आश्विनले ट्वीट गर्दै बताएका थिए।
नियम के भन्छ : क्रिकेटको नियम ४१.१६ अन्तर्गत यदि कुनै नन् स्ट्राइकर ब्याट्सम्यानले बलरले बल छोड्नु भन्दा अगाडीनै रन लिनका लागि आफ्नो क्रिज छाड्छन् भने बलरसंग उनलाई रन आउट गर्ने अधिकार रहन्छ। यस्तो गर्दा उक्त बल गनिदैन भने आउट नभएको खण्डमा अम्पायरले ‘डेड बल’ दिनु पर्छ।
तर क्रिकेटलाई भलाद्मीको खेल भन्नेहरुले ब्याट्सम्यानलाई यसरी आउट गर्नु क्रिकेटको खेल भावना विपरित भएको र आउट गर्नु अघि ब्याट्सम्यानलाई क्रिज नछाड्न चेतावनी दिनुपर्ने बताउछन्। विवादस्पद भएता पनि क्रिकेटको नियमले ‘मांकड’ लाई स्वीकार गरेको भन्दै धेरैले ‘मांकड’ गर्नु गलत काम नभएको बताउछन्।
कसरि सुरु भएको थियो ‘मांकड’ : सन् १९४७ मा भारत र अष्ट्रेलियाको दोस्रो टेस्टका क्रममा अष्ट्रेलियाका ब्याट्सम्यान बिल ब्राउनलाई भारतका बिनु मांकडले बल छोड्नु अघि नन् स्ट्राइकर एण्डमा आउट गरेपछि उनकै नाममा यस्तो किसिमको आउटलाई ‘मांकड’ भनिन थालिएको थियो।
लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”
IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्
हारपछि दिल्लीको तारिफ गर्दै कोहलीले भने – “पराजित गर्न मुस्किल टिम”
विश्वकीर्तिमान सहित कोहलीले बनाए २ ठूलो कीर्तिमान
हैदरावादलाई अर्को झट्का ! भुवनेश्वर कुमार आईपीएलबाटै बाहिर