यु-१९ अभ्यास खेल : आसिफले उत्कृस्ट ब्याटिंग गर्दा नेपालद्वारा २४१ रनको लक्ष्य प्रस्तुत

२०७६ भाद्र १०, मंगलवार १६:३१

Aasif Sheikh

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कप प्रतियोगिताको तयारी स्वरुप नेपालले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलंकन क्लब सिन्हालिजसंग पहिलो अभ्यास खेल खेलीरहेको छ।

कोलोम्बोमा जारि खेलमा नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २४० रनको योगफल तयार गरेको छ। वर्षाले आउटफिल्ड भिजेका कारण निर्धारित समय भन्दा डेढ घण्टा खेल सुरु हुँदा खेल ४२ ओभरको हुँदैछ।

पहिले ब्याटिंग गरेको नेपालले राम्रो सुरुवात गर्यो। पहिलो विकेटको लागि पवन सर्राफ र रित गौतले अर्धशतकीय साझेदारी गरे।  ५८ रनको योगफलमा १३ औं ओभरमा पवन ३० रन बनाएर आउट भएपछि भने नेपालले लगातार विकेट गुमाउन पुग्यो। रित गौतम ३१ , लोकेश बम १ तथा कप्तान रोहित पौडेल ८ रन बनाएर आउट भए।

५८/१ को अवस्थाबाट ९६/४ पुगेको नेपाली टिमलाई तेश्रो नम्बरमा ब्याटिंग गरेका आसिफ शेखले धैर्यतापुर्वक ब्याटिंग गर्दै अघि बढाए। यस क्रममा उनलाई सन्दिप जोराले साथ दिए। जोरा ३३ रन बनाएर आउट भएपछि हरि चौहानसंग आसिफले अर्धशतकीय साझेदारी गरे र व्यक्तिगत अर्धशतक पनि पुरा गरे।

रित गौतम र पवन सर्राफले अर्धशतकीय ओपनिङ्ग साझेदारी गरे

इनिंगको अन्तिममा आक्रामक ब्याटिंग गरेका आसिफ ठुलो सट खेल्ने चक्करमा ४० औं ओभरमा लंग अनमा क्याच आउट हुन पुगे। आसिफले ८८ रन बनाएर लामो समय देखिको रनको खडेरी तोड्दै फर्ममा फर्केको संकेत गरे।

कुशल मल्ल १० रन बनाएर आउट भए। अन्तिममा भिम शार्कीले अविजित १५ तथा हरि बहादुर चौहानले अविजित १५ रन बनाएपछि नेपालले राम्रो योगफल बनाउन सक्यो।

यो पनि पढ्नुस – नेपाली यु-१९ टिमका ब्याटिंग कन्सल्टेन्ट देसाईलाई पितृ शोक

नेपालले श्रीलंका टुर अन्तर्गत ३ वटा अभ्यास खेल खेल्नेछ। मंगलबार सिन्हालिज स्पोर्ट्स क्लबसंग अभ्यास खेल पछि बिहिबार ( अगस्ट २९ ) नेपालले बदुरालिया क्रिकेट क्लबसंग दोश्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ। यस्तै शुक्रबार ( अगस्ट ३० ) टिमले चीला मरियन्स क्लबसंग तेश्रो अभ्यास खेल खेल्नेछ। ३ वटा अभ्यास खेल खेलेपछि टिमले सेप्टेम्बर १ र २ मा नेट र फिल्डिंग अभ्यास गर्ने तालिका रहेको छ।

यु-१९ एसिया कपमा नेपालको खेल तालिका

प्रतियोगितामा नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे बिहान अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy