आसिफले पाए आइसिसी स्प्रिट अफ क्रिकेट अवार्ड

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) प्रदान गर्ने भएको छ। बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको आइसिसीले जनाएको छ।

गत वर्ष फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी-२० अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध आसिफले खेल भावना देखाउँदै आयरल्यान्डका एन्डी म्याकबर्नीलाई रन आउट गरेका थिएनन्। म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि आसिफले उनलाई सहजै रन आउट गर्न सक्थे तर उनले त्यसो गरेनन्।

नेपालका कमल सिंह ऐरी १९औँ ओभर बलिङ गर्दै थिए। आयरल्याण्डका मार्क एडेर ओभरको तेस्रो बलमा रन लिन दौडिए। नन स्ट्राइकर एण्डबाट दौडिएका एन्डी म्याकबर्नी भने कमलसँग अल्झेर लडे। एण्डी उठेर रन लिन पुन दौडिए। तर त्यसअघि नै कमलले थ्रो गरेको बल आसिफले क्याच गरिसकेका थिए। जुन बेला उनले सहजै रन आउट गर्न सक्थे। तर आसिफले त्यसो गरेनन्।

जहाँ आस मारिसकेका एन्डीले जीवनदान पाएका थिए। अर्को बलमा एन्डीले कमललाई छक्का प्रहार गरे। यदि आसिफले उनलाई रन आउट गरेको भए नेपालले उक्त खेल जित्न सक्ने सम्भावना रहन्थ्यो। त्यतिखेरनै कमेन्टेटर एन्ड्रयुले ले आसिफले आइसिसी स्प्रिट अफ दि इअर २०२२ को दाबेदार भएको बताएका थिए।

आइसिसीले उक्त अवार्ड खेलका दौरान हुने सम्मानलाई आधार मानेर दिने गरेको छ। जसमा विपक्षीको समान, आफ्नो कप्तान र टिमको समान, अम्पायरको भूमिका र खेलको मूल्यमान्यतालाई आधार मानिन्छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy