आसिफको शतकमा नेपालको उत्कृस्ट जित

घरेलु टोलि केन्यालाई ७ विकेटले पराजित गर्दै नेपालले केन्या भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता लिएको छ।

नैरोबी स्थित जिमखाना मैदानमा केन्यालले दिएको २१९ रनको लक्ष्य नेपालले ४७.२ ओभरमा ३ विकेट क्षेतीमा भेटायो। हेर्नुस स्कोरकार्ड 

लक्ष्य पछ्याउने क्रममा नेपालको ओपनर आसिफ शेखले शतकीय योगदान दिए। लिस्ट ‘ए’ क्रिकेटमा पहिलो शतक बनाएका उनले १२० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रन बनाए। अर्का ओपनर अर्जुन साउदले लिस्ट ‘ए’ डेब्युमा अर्धशतक बनाए जुन क्रममा ९७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। आसिफ र अर्जुनले १४१ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे।

अर्जुन ३२ औं ओभरमा ओबुयाबाट क्याच आउट भए। दोश्रो विकेटको आसिफले ज्ञानेन्द्र मल्लसंग ५७ रन जोडे। ४४ औं ओभरमा असिफलाई भिशिल पटेलले बोल्ड गरे। लगत्तै ओभरमा ज्ञानेन्द्र मल्ल ५० बलमा २४ रन बनाएर आउट भए। रोहित पौडेलले अविजित ३ तथा दिपेन्द्र ऐरीले अविजित १५ रन बनाउदै नेपाललाई जित दिलाए।

टस जितेर ब्याटिंग गरेको केन्याले ४८.१ ओभरमा २१८ रन बनायो। केन्याको लागि राकेप पटेलले सर्व्धिक ६७, कोलिन्स ओबुयाले ६२ रन अनाये। इरफान करिमले ३० तथा सचिन बुढीयाले २६ रन बनाए।

नेपालको बलिंगमा सोमपाल कामि र करन केसीले ३/३ विकेट तथा अदिल अन्सारी र पवन सर्राफले १/१ विकेट लिए।

हेर्नुस स्कोरकार्ड 

सिरिज अन्तर्गत दोश्रो खेल शनिवार १२:४५ बजे दिउँसो सुरु हुनेछ। यस अघि सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिज नेपालले ३-२ ले जितेको थियो।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]