तोडियो आसिफको सुन्यता

Sandeep Sunar and Aasif Sheikh
  • विकेटनेपाल, ३१ भदौ

यु-१९ रास्ट्रिय क्रिकेट टिम तथा रास्ट्रिय क्रिकेट टिमको समेत प्रतिनिधित्व गरिसकेका आसिफ शेख लगातार फ्लप ब्याटिंगको कारण आलोचित बन्न पुगेका थिए ।

गत महिना सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्वकप छनौटमा खेलेको ५ खेलमा आसिफको सर्बाधिक रन २३ थियो । अन्य ४ खेलमा त झन् उनको सर्बाधिक स्कोर ६ रन थियो । आसिफको शान्त ब्याटको शिलशिला सन् २०१६ को यु-१९ एसिया कप देखिकै हो । श्रीलंकामा सम्पन्न प्रतियोगिताको ३ खेलमा आसिफले क्रमशः १ , १८ र १ रन बनाएका थिए ।

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता तुलनात्मक रुपमा यु-१९ एसिया कप र यु-१९ बिश्वकप छनौट भन्दा कमजोर प्रतिस्पर्धीहरु भएको प्रतियोगिता हो l तर पहिलो ३ खेलमा आसिफ पुनः ठुलो रन बनाउन चुके ।

पहिलो खेलमा थाईल्याण्डसंग २१ रन बनाएका आसिफ दोश्रो खेलमा भुटानसंग २३ रनमा अविजित रहे भने त्यसपछि तेश्रो खेलमा सिंगापुरसंग ६ रन मात्रै बनाउन सकेपछि आसिफको रन नबन्ने शिलशिला लामै थियो ।

आसिफको अन्तिम ११ इनिंग ( यु-१९ रास्ट्रिय टिमको लागि )  १, १८ , १ , ४ , २३, ६ , ३ , २ , २१ , २३* , ५१* 

तर आसीफले आफुलाई पुनः प्रमाणित गरे र पहिलो अर्धशतकको रुपमा महत्वपूर्ण सेमीफाइनलमा मलेसिया बिरुद्ध अविजित ५१ रन प्रहार गरे । आसिफले आफ्नो इनिंगमा पुनः उनको प्राकृतिक आक्रमकता देखाए र इनिंगमा ८ चौका र १ छक्का प्रहार गरे ।

मलेसियासंग ब्याटिंग गर्दै आसिफ l ( फोटो एसीसी )

सन्दिप सुनारसंग पहिलो विकेटको लागि १२५ रनको अविजित साझेदारी गर्दै आसिफले १० विकेटले खेल मात्रै जिताएनन् लामो समयपछिको सुन्यतालाई तोड्दै किनरारा ओभल मैदानमा ब्याटलाई आकास देखाउदै शिरलाई जमिन टेकाउने मौका पाए ।

त्यति मात्रै हैन नेपालको चिन्ताको रुपमा रहेको ओपनिंग ब्याटिंग समेत मलेसियासंगको खेलमा सुधारिएको देखियो । आसिफ र सन्दिप दुवैले आफुलाई नियन्त्रणमा राख्दै विकेटनै नगुमाई फाइनलमा स्थान बनाउन सफल रहे ।

नेपालको जित मात्रै हैन आसिफको ब्याटबाट रन बन्नु उनलाई भरोसा गरेर फ्लप करियर बाबजुत टिममा मौका दिईरहने प्रशिक्षक बिनोद दासको लागि समेत राहतको स्वास फेर्ने मौका हो ।

प्रतियोगिता अघि नेपाली ब्याट्सम्यानहरुलाई राजस्थान रोयल्स प्रशिक्षक मोन्टि देसाईले बिशेष प्रशिक्षण दिएका थिए l प्रशिक्षण पछि आसिफले आफुमा आत्मविश्वास फर्किएको बताएका थिए ।

सम्बन्धितआसिफ शेखको गुमेको स्वभाव

मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल फाइनलमा

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत नेपालले सेमीफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।( स्कोरकार्ड )

मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको १२२ रनको लक्ष नेपालले २३.१ ओभरमा ओभरमा विकेट नगुमाई पुरा गर्यो ।

लक्ष पछ्याउने क्रममा नेपालको लागि ओपनर सन्दिप सुनार र आसिफ शेखले अ

दिपेन्द्र ऐरीले ५ विकेट हात पारे

र्धशतक पुरा गरे । आसिफले ५० तथा सन्दिपले ५१ रनको अविजित इनिंग खेले l आसिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गरे भने सन्दिपले ७७ बलमा ८ चौका प्रहार गरेका थिए ।

यस अघि मलेसियाले पहिले ब्याटिंग गर्दै नेपाललाई १२२ रनको लक्ष प्रस्तुत गरेको थियो l किनरारा ओभल मैदानमा टस जितेको नेपालले मलेसियालाई ब्याटिंगको निम्तो दिएको थियो ।

 

मलेसिया कुनै बेला ६४-१ को अवस्थामा थियो जुन बेला दिपेन्द्र ऐरीले विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए ।

कप्तान ऐरीले अफ स्पिन बलिंग गर्दै सर्बाधिक ५ विकेट लिए l उनले ८ ओभर बलिंग गर्दै १ मेडन ओभर सहित २९ रन खर्चेका थिए । यस्तै पवन सर्राफले २ विकेट हात पारेका थिए भने शाहब आलम, सन्दिप लामिछाने र रोहित पौडेलले १-१ विकेट आफ्नो नाम गरे ।

दिपेन्द्रले यस अघि भुटानसंगको खेलमा पनि ५ विकेट हात पारेका थिए ।

मलेसियाको लागि नलिन डी सिल्भाले सर्बाधिक ३९ रन बनाएका थिए भने कप्तान भिरनदिप सिंहले २५ रन योगदान दिए । यस्तै मोहम्मद शाहरियलले १६ रन योगदान दिए ।

खेलको म्यान अफ द म्याच दिपेन्द्र ऐरी घोषित भए ।

 





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]