लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)लाई ८४ रनले हराउँदै लिटल फ्वारले फराकिलो जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको लिटल फ्लावरले निर्धारित २० ओभरको खेलमा एक सय ३५ रन बनायो। १९.२ ओभर खेलेको लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले टीमका लागि सर्वाधिक ६५ रनको योगदान गरे। बसिर अहमदले ३० रन योगदान दिंदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमाञ्चल एकेडेमीका बिरेन्द्र चन्द र प्रकाश जैसीले ३/३ विकेट लिंदा खगेन्द्र कुँवरले २ विकेट लिए।

एक सय ३७ रनको विजयी लक्ष्य पछ्याएको एसपिए १६ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटियो। आशिष लुहारले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। लिटल फ्लावरको बलिंगमा बिपिन खत्रीले ३ तथा बसिर अहमद, कौशल रुपाखेती र सचिन भट्टले २/२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच लिटल फ्लावरका कृष्ण कार्की घोषित भए।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एलपीएलजस्ता मोफसलमा भइरहेका प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए । सुदूरपश्चिममा क्रिकेटमा सम्भावना भएका खेलाडीहरु धेरै भए पनि पूर्वाधारको अभावले खेल क्षेत्रको विकास हुन नसकेको उनको भनाई थियो।

खेलको विकासका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिँदै उनले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउन सरकारलाई आग्रह गरे।
आयोजक क्लबका अध्यक्ष रामचन्द शाहीले मोसफलबाट क्रिकेटको विकास गर्ने उद्देश्यले विगत आठ वर्षदेखि एलपिएल सञ्चालन गरिरहेको बताए। प्रतियोगिता विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउन अवसर भएको र यसले सुदूरपश्चिममा क्रिकेटको विकासमा टेवा पु¥याउँदै आएको उनले बताए।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]