आयुष श्रेष्ठको नेतृत्वमा सप्तरी क्रिकेट सँघ

सप्तरी क्रिकेटकाे सँघकाे विशेष साधारण सभावाट आयुष श्रेष्ठकाे नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिकाे चयन गरिएकाे छ ।

बुधवार सम्पन्न विशेष साधारण सभावाट उपाध्यक्षमा धर्मेन्द्र चाैधरी, काेषाध्यक्षमा तुलानाथ माझी बन्द सत्रवाट सर्वसम्मतिबाट चयन भएकाे थियाे ।

बन्द सत्रमा सचिव पदमा सहमति नहुदाँ दुई जना आकाँक्षी भएकाेले चुनाव प्रक्रियावाट सचिवमा चन्दनकुमार यादबले निर्वाचित भएकाे थियाे ।

यसैगरी सदस्यहरूमा ईरसाद अंसारी, सतिश कुमार, सिँह, जगरनाथ साह, रंजित चाैधरी, राेशन मण्डल, माेहम्मद अनवर अली, निरज सिँह, डम्वर नारायण दास, बिरेन्द्र कुमार यादब, मनाेज साह, संजय सिँह कार्कि सर्व सम्मतिवाट चयन गरिएकाे निर्वाचन समितिका संयाेजक गिरिष चन्द्र झाले जानकारी दिएका छन् ।

नेपाल क्रिकेट सँघलाई फुकुवा गर्नका लागि जिल्लाहरूकाे विशेष साधारण सभा वाट गर्ने उदेश्यले बिवादित १९ जिल्ला मध्ये सप्तरीमा नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।

आईसीसी अन्तर्गत गठित स्वतन्त्र प्यानल कमिटीले क्यानलाई फुकुवा गर्न बनाएकाे समितिले गरेकाे निर्णय अनुसार सप्तरीमा पनि विशेष साधारण सभा वाट नयाँ कार्यसमिति चयन गरिएकाे हाे।

बुधवार सम्पन्न विशेष साधारण सभामा उदघाटन सत्रमा राजबिराज नगरपालीका प्रमुख शंभु प्रसाद यादब, तिलाठी काेईलाडी गाउपालीका अध्यक्ष सतिश कुमार सिँह, जिल्ला खेलकुद बिकास समिति सप्तरी उपाध्यक्ष धिरू वर्मा, पुर्व राष्ट्रिय खेलाडी राजकुमार दास, सुरेन्द्रनाथ सिँह, पुर्व सचिव ई. ईन्द्रनारायण देव, लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

आईसीसीले नेपाल क्रिकेट सँघकाे अधिबेशनकाे लागि स्वतन्त्र प्यानल समिति गठन गरी जिल्लाहरूकाे विशेष साधारण सभा गरिने जिम्मेवारी बमाेजिम सप्तरीका लागि दुई जना प्रतिनिधि पठाईएकाे थियाे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy