डी भिल्लियर्सको विस्फोटक पारिमा बेंगलोरको दोश्रो जित

  • विकेटनेपाल, बैशाख ९ – आइतबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा रोयल च्यालेंजर्स बेंगलोरले दोश्रो जित हात पार्ने क्रममा दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गर्यो । दिल्लीको भने यो पाचौं खेलमा चौथो हार रहेको छ ।

हारसँगै दिल्ली एकखेलमा जित सहित २ अंकका साथ अंकतालिकामा अन्तिम स्थानमा रहेको छ भने बेंगलोर २ जितबाट ४ अंक र समान ४ अंक नै भएको राजस्थान रोयल्स भन्दा राम्रो रनरेटका कारण पाचौं स्थानमा उक्लिएको छ । यस्तै हिजै भएको पहिलो खेलमा कोलकत्ता नाइटराइडर्सलाई फराकिलो ९ विकेटले पराजित गर्दै किंग्स ईलाभेन पन्जाब पहिलो स्थानमा चढेको छ ।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको बेंगलोरका लागि एबी डी भिल्लियर्सले जादुमय अविजित ९० रनको पारि खेलेपछि मात्र ४ विकेट गुमाएर १८ ओभरमा पुरा गरेको थियो । मात्र ३९ बल सामना गरेका उनले ३९ बलमा १० चौका र ५ छक्का प्रहार गरे जसमध्ये एउटा १०६ मिटरको छक्का पनि हानेका थिए । त्यस्तै उनलाई कोहलीले ३० रन (२६ बल, २ चौका, १ छक्का), मन्दिप सिंहले अविजित १७ रन (९ बल, १ चौका, १ छक्का) बनाएर साथ दिए ।

बलिंगतर्फ दिल्लीका ग्लेन म्याक्सवेलले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए भने हर्षल पटेल र ट्रेन्ट बोल्टले समान ३३ रन खर्चिदैं १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको दिल्लीले रिशब पन्तको ८५ रन तथा श्रेयस ईयरको ५२ रनको मद्दतमा २० ओभरमा ५ विकेट गुमाएर १७४ बनाएको थियो । ४८ बल सामना गरेका पन्तले ६ चौका र ७ छक्का तथा ३१ बल सामना गरेका ईयरले ४ चौका र ३ छक्का सहित तेस्रो विकेटको लागि ७५ रनको सामना गरेका थिए । त्यस्तै पन्तले पाचौं विकेटको रुपमा आउट हुनुपुर्व राहुल तेवातिया  सँग मिलेर आक्रामक ६५ रनको साझेदारी गरेका थिए । तेवातियाले अविजित १३ रन बनाउन ९ बल खर्चे ।

बेंगलोरको लागि युज्बेन्द्र चाहलले २ विकेट लिने क्रममा ३ ओभरमा २२ रन खर्चिदा उमेश यादव, कोरी एन्डरसन र वाशिंगटन सुन्दरले सम्मान १/१ विकेट लिए । एबी डी भिल्लियर्स म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]