टि-२० ब्लास्ट : डी भिल्लीयर्सले विस्फोटक इनिंग खेल्दा मिडलसेक्सको सहज जित

बिहिबार देखि इंग्ल्याण्डमा सुरु भएको १६ औं संस्करणको टि-२० ब्लास्ट २०१९ प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा मिडलसेक्स, वर्सेसटरसायर र समरसेटले जित दर्ता गरेका छन्। मिडलसेक्सले एसेक्सलाई ७ विकेटले, वर्सेसटरसायरले नटिंघमसायरलाई २८ रनले तथा समरसेटले ग्लामोर्गनलाई ८ विकेटले पराजित गर्यो।

डी भिल्लीयर्सको विस्फोटक ब्याटिंग 

पुल बि अन्तर्गतकोलर्ड्स मैदानमा सम्पन्न  खेलमा मिडलसेक्सले टस जितेर बलिंग रोजेपछि ब्याटिंग गरेको एसेक्सले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।

नेदरल्याण्डका रायन टेन डोसेथेले एकेक्सको लागि सर्वाधिक ७४ रन बनाएका थिए जुन क्रममा ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै टम वेसलेले ४० रन बनाए। मिडलसेक्स बलर टम हेल्मले ३ तथा नाथन सोटरले २ विकेट लिए। मुजिब उर् रहमान विकेटविहिन ( ४-०-२४-० ) रहे।

Ryan ten Doeschate

लक्ष्य पछ्याउने क्रममा ओपनर पल स्टरलिंग १० तथा निक गबिन्स १२ रन बनाएर आउट भए। त्यसपछि ब्याटिंग गर्न आएका एबि डी भिल्लीयर्सले कप्तान दविड मलानसंग तेश्रो विकेटको लागि १०५ रनको साझेदारी गरे। मलान ४३ रन बनाएर एडम जाम्पाको बलमा क्याच आउट भए।

त्यसपछि डी भिल्लीयर्सले जोन सिम्पसनसंग अविजित २२ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

३५ वर्षीय डी भिल्लीयर्सले अविजित ८८ रन बनाए जुन क्रममा मात्र ४३ बलमा ६ वटा छक्का र ५ वटा चौका प्रहार गरे। प्लेयर अफ द म्याच समेत चुनिएका उनले मात्र २८ बलमा अर्धशतक पुरा गरेका थिए।

एसेक्स बलर एडम जाम्पा ( ४-०-३८-१ ) , शेन स्यानटर ( ३-०-२९-१ ) र म्याथु क्विन ( ३-०-२०-१ ) ले १/१ विकेट लिए।

सन् २००३ देखि सुरु भएको प्रतियोगिताको सबैभन्दा सफल टिम लीसेस्टरशायर रहेको छ जसले १६ औं संस्करणसम्म आइपुग्दा ३ पटक उपाधी जितेको छ। यस्तै अघिल्लो संस्करणको उपाधी वर्सेस्टरशायरले जितेको थियो।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]