विश्वकप खेल्न चाहन्थे डी भिल्लर्स, २ वटा कारणले ठाडै नकार्यो छनौट समितिले

गत वर्ष २०१८ मे मा दक्षिण अफ्रिकी टिमबाट सन्यास लिएका एबि डी भिल्लर्सले इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप खेल्न चाहेको खुलेको छ।

क्रिकेट वेबसाइट क्रिकइन्फोले लेखे अनुसार विश्वकपको अघि डी भिल्लर्सको चाहनालाई दक्षिण अफ्रीका टिम व्यवस्थापनले अन्तिम टिम छनौट गर्दा नकारेको थियो। डी भिल्लर्सलाई टिममा अन्तिम समयमा राख्नु बिगत १ वर्ष देखि एकजुट पारिएको टिमको लागि अनुचित हुने निष्कर्ष निकालेको थियो।

क्रिकइन्फोका अनुसार डी भिल्लर्सले अप्रिलमा टिमको अन्तिम १५ छनौट हुनु २४ घण्टा अगाडी प्रस्ताव राखेका थिए।

डी भिल्लर्सले भने यो बारे अधिकारिक धारणा राखेका छैनन् र दक्षिण अफ्रिकी टिमलाई समर्थन गर्न आफ्नो ध्यान रहेको ट्वीटर मार्फत लेखेका छन्।

डी भिल्लर्सले दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिस, मुख्य प्रशिक्षक ओटीस गिब्सन र छनौटकर्ता लिन्डा जोन्डीसंग सन्यास फिर्ता लिएर विश्वकप खेल्ने प्रस्ताव राखेको बुझिएको छ। तर उनको प्रस्तावलाई छलफल समेत नगरी नकारिएको थियो।

डी भिल्लर्सलाई नराखिनुको २ प्रमुख कारण 

विश्वकप टिममा उनलाई नराखिनुको प्रमुख २ कारण मध्ये एउटा विश्वकपको १ वर्ष अगाडी उनले सन्यास लिनु थियो जसपछि उनको छनौट हुने क्राइटेरिया पुरा हुन सकेन। टिममा छनौट हुनको लागि उनले दक्षिण अफ्रिकी घरेलु क्रिकेट प्रतियोगिता र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता समेतमा यो अवधिमा सहभागिता जनाउनु पर्थ्यो।

दोश्रो र प्रमुख कारण डी भिल्लर्सलाई टिममा बोलाउदा उनको अनुपस्थितिमा खेलीरहेका अन्य खेलाडीलाई पर्ने अन्याय हो। रस्सी भान डर डुसेन जस्ता खेलाडी जसले जारि विश्वकपमा राम्रो प्रदर्शन गरिरहेका छन् उनि डी भिल्लर्सको अनुपस्थितिको कारण टिममा छन्। डुसेनले जनवरीमा पाकिस्तानसंग एकदिवसीयमा डेब्यु गरेका थिए।

यी २ कारणनै डी भिल्लर्सलाई विश्वकप टिममा नराख्नुको कारण रहेको टिमका प्रमुख छनौटकर्ता लिन्डा जोन्डीले एक बिज्ञप्ति मार्फत पुस्टि गरेका छन्। बिज्ञप्तिमा लेखीएको कुरा जस्ताको तस्तै –

“२०१८ मा डी भिल्लर्सलाई सन्यास नलिन मैले आग्रह गरेको थिएँ। त्यति बेला मैले उनलाई वर्ल्डको लागि एउटा योजना बनाएर ताजा भएर फर्कन प्रस्ताव समेत गरेको हुँ। हामीले प्रस्ट भनेका थियौं कि उनले श्रीलंका र पाकिस्तानको दक्षिण अफ्रीका टुरमा खेल्नु पर्नेछ जसपछि मात्र छनौटको लागि योग्य भइनेछ। त्यसलाई मान्नुको साटो पाकिस्तान र बंगलादेश प्रिमियर लिग डी भिल्लर्सले रोजे। त्यसबेला उनले त्यो प्रस्ताव नमान्दै सन्यास लिने आफ्नो निर्णय प्रति खुसि रहेको बताएका थिए”

Linda Zondi

“विश्वकप टिम छनौटको ठिक अघि अप्रिल १८ मा फाफ डु प्लेसिस र ओटिस गिब्सनले डी भिल्लर्सले विश्वकप खेल्ने चाहना राक्खेको सुनाउदा हामि अचम्मित भएका थियौं। एबिले सन्यास लिंदा एउटा भ्याकुम छोडेर गएका थिए जसलाई हामीले पूर्ति गर्न घरेलु लिगमा १ वर्ष समय थियो।हामिसंग खेलाडीहरु थिए जसले हात अघि बढाए जो विश्वकप खेल्ने अवसर पाउन लायक छन्”

“हामीले यो निर्णय बिसुद्ध नैतिकताको आधारमा लिएका हौँ किनकि हामि हाम्रो टिमको लागि, छनौट समितिको लागि र हाम्रो सिस्टमको लागि इमान्दार हुनुपर्छ”

“सन्यास लिएपछि कुनै पनि समयमा उनले आफुलाई छनौटको लागि उपलब्ध गराएनन्। टिम छनौट हुने दिन आएको प्रस्ताव आउदा कुनै अरु उपाए थिएन।”

“एबी निर्विरोध विश्वका एक महान क्रिकेटर हुन तर त्यस भन्दा माथि हामि आफ्नो नैतिकता र सिद्धान्तमा सच्चा हुनुपर्छ, जुन निर्णय लिंदा हामीलाई पछुतो छैन”

सन् २००४ मा इंग्ल्याण्ड बिरुद्दको टेस्ट सिरिज खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका डी भिल्लियर्सले ११४ टेस्ट खेल, २२८ एकदिवसीय खेल र ७८ अन्तर्राष्ट्रिय टि- २० खेल खेल्दै ८७६५ टेस्ट रन, ९५७७ एकदिवसीय र १६७२ टि-२० रन बनाएका छन्। उनले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटमा क्रमश: ५०.६६ र ५३.५० को औसतमा ब्याटिंग गर्दै दुई फर्म्याटमा ५० भन्दा माथिको औसत हुने केहि खेलाडीको सुचीमा रहेका छन्। ३५ बर्षीय एबी डी को नाममा एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एकदिवसीय अर्धशतक (१६ बल), शतक (३१ बल) र १५० रन (६४ बल) प्रहार गर्ने किर्तिमान रहेको छ ।

( इएसपिएन क्रिकइन्फोको सहयोगमा  )





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]