अभानीलाई उपाधि

बर्दियाको गुलरियामा सम्पन्न स्वर्गीय अजय मेमोरियल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि अभानी रियल स्टेट क्रिकेट क्लबले जितेको छ। उपाधि सहित अभानीले नब्बे हजार पांच सय रुपैयाँ पनि हात पार्यो।

उपाधि भिडन्तमा ज्योति स्पोर्ट्स एकेडेमीले दिएको ११४ रनको लक्ष्य अभानीले ८ विकेट गुमाएर २० ओभरमा भेटायो।

खेलको प्लेयर अफ द म्याच घोषित बसन्त खत्रीले अविजित ३४ रन तथा नरेश नेपालिले ३० रन बनाए। ज्योति स्पोर्ट्सका सिद्धान्त राज शाहीले ४ विकेट तथा धन बहादुरले ३ विकेट लिएता पनि जित्न पर्याप्त भएन।

पहिले ब्याटिंग गरेको ज्योति स्पोर्ट्स एकेडेमीले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो। उसको लागि रोहन केसीले अविजित २७, राहुल शर्माले २० तथा सुनिल भण्डारीले १७ रन योगदान दिए। अभानीका बलर युनिष बिक्रम सिंहले ३, अभिराज रोय र दिनेश अधिकारीले २/२ विकेट लिए।

बर्दिया क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy