अभानीलाई उपाधि

बर्दियाको गुलरियामा सम्पन्न स्वर्गीय अजय मेमोरियल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि अभानी रियल स्टेट क्रिकेट क्लबले जितेको छ। उपाधि सहित अभानीले नब्बे हजार पांच सय रुपैयाँ पनि हात पार्यो।

उपाधि भिडन्तमा ज्योति स्पोर्ट्स एकेडेमीले दिएको ११४ रनको लक्ष्य अभानीले ८ विकेट गुमाएर २० ओभरमा भेटायो।

खेलको प्लेयर अफ द म्याच घोषित बसन्त खत्रीले अविजित ३४ रन तथा नरेश नेपालिले ३० रन बनाए। ज्योति स्पोर्ट्सका सिद्धान्त राज शाहीले ४ विकेट तथा धन बहादुरले ३ विकेट लिएता पनि जित्न पर्याप्त भएन।

पहिले ब्याटिंग गरेको ज्योति स्पोर्ट्स एकेडेमीले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो। उसको लागि रोहन केसीले अविजित २७, राहुल शर्माले २० तथा सुनिल भण्डारीले १७ रन योगदान दिए। अभानीका बलर युनिष बिक्रम सिंहले ३, अभिराज रोय र दिनेश अधिकारीले २/२ विकेट लिए।

बर्दिया क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]