सनसनीपूर्ण खेल जित्दै महेन्द्रनगर डिपीएलको दोश्रो क्वालीफायरमा, अविनाशको उत्कृस्ट बलिंग

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग अन्तर्गत सनसनीपूर्ण इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गरेको छ।

महेन्द्रनगर जित सँगै दोश्रो क्वालिफायरमा प्रवेश गरेको छ भने पराजित टिम रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ। महेन्द्रनगरले शुक्रबार हुने दोश्रो क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्सको सामना गर्नेछ।

|| स्कोरकार्ड ||

यसअघि नै बुधबार भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै सिवाइसी अत्तरिया फाइनलमा पुगिसकेको छ। दोश्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनल खेलमा अत्तरियासँग प्रतिस्पर्धा गर्नेछ।

महेन्द्रनगरले दिएको ११६ रनको लक्ष्य पछ्याउनेक्रममा रुपन्देहीले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ११४ रन बनाउँदा १ रनले पराजित भयो।

रोमान्चक रह्यो अन्तिम ओभर 

अन्तिम २ ओभरमा जितको लागि १८ रन आवस्यक रहेका बेला देब्रे हाते स्पिनर सागर ढकालले बिनोद भण्डारीलाई आउट गर्दै १३ रन खर्चिए। उक्त ओभरको पहिलो बलमा बिनोदले चौका प्रहार गरेपछि सागरले वाइड गरेका थिए। त्यस लगत्तै बलमा बिनोदले विकेट गुमाएका थिए भने प्रदिप ऐरिले चौथो बलमा चौका प्रहार गरेका थिए।

अन्तिम ओभरमा जितको लागि ५ रन चाहिएको बेला अभिनास बोहराले मात्र ३ रन खर्चेर १ विकेट लिँदा २ खेलाडी रन आउट भए।

बोहराले पहिलो बलमा कुनै रन खर्चेनन् भने दोश्रो बलमा बसन्त रेग्मीले एक रन लिएपछि प्रदिप ऐरी क्रिजमा आए। तेस्रो बलमा पुनः रन नबनेपछी चौथो बलमा २ रन लिन खोज्दा सिद्धान्त लोहनीको थ्रोमा प्रदिप ऐरी २ रन लिने चक्करमा रन आउट आउट भए। त्यसपछि पाचौं बलमा बिक्रम सोब बाउन्ड्रीमा समातिन पुगे।

अन्तिम बलमा जित्नको लागि ३ रन आवस्यक रहँदा बसन्त रेग्मी २ रन लिन खोज्दा १ रन पुरा गरेपछि रन आउट हुन पुगेका थिए। फलस्वरूप रुपन्देहीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो र खेल १ रनले गुमाउन पुग्यो।

यसअघि रुपन्देहीको लागि पहिलो विकेटको रुपमा रन आउट हुनुअघि सन्दिप सुनारले १४ रन बनाउँदै बाबर हयातसँग २६ रनको साझेदारी गरे। त्यसपछि दोश्रो विकेटको रुपमा आउट हुनुअघि हयातले पुनः सुमित महर्जनसँग २६ रनको साझेदारी गरे। हयातले २९ बलको सामना गर्दै २८ रन बनाउँदा २ चौका र १ छक्का हाने।

लगत्तै सुमित महर्जन पनि १० रन बनाएर आउट भएपछी टिमको स्कोर १०.५ ओभरमा ५६/३ पुगेको थियो। चौथो विकेटको रुपमा पुनित मेहरापनि रोहित पौडेलको डाइरेक्ट हिटमा पेभेलियन फर्किए। उनले ६ रन बनाएका थिए। त्यसको ३ बल पछी भिम सार्की पनि शुन्य रनमा नै एलबिडब्ल्युको सिकार बने।

छैठौ विकेटको लागि प्रदिप ऐरी र बिनोद भण्डारीले ३६ रनको साझेदारी गर्दै टिमको स्कोर १०० पार गराए। उक्त साझेदारीमा प्रदिप ऐरीले ३ चौका तथा बिनोद भण्डारीले १ चौका र १ छक्का हाने। बिनोद २१ बलमा २३ रन बनाएर आउट भए।

बलिंगतर्फ प्लेयर अफ द म्याच घोषित अभिनास बोहराले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए। त्यस्तै लोहनी, सागर ढकाल र नाविदले १/१ विकेट लिए।

महेन्द्रनगरको ब्याटिंग

टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११५ रनको योगफल तयार पारेको थियो। खराब सुरुवात गरेको उसले पारीको पहिलो बलमा नै दिलिप नाथलाई गुमाएको हो। त्यसपछि आएका मोहम्मद नावेदले आफ्नो पहिलो तथा पारीको दोश्रो बलमा नै छक्का प्रहार गरेका थिए।

दोश्रो विकेटको लागि नावेद र सुब्रमन्यम आनन्दले २४ रनको साझेदारी गर्नेक्रममा नावेदले बिक्रम सोब र ललित भण्डारीलाई १/१ छक्का तथा आनन्दले भण्डारीलाई १ चौका प्रहार गरे। नावेद बसन्त रेग्मीको बलमा १८ रन बनाएर आउट भए।

त्यसपछि आनन्दले अर्को ओभरमा पुनित मेहरालाई १५ रन प्रहार गरे जसमा अनिल खरेलले मिसफिल्ड गर्दै दुई चौका दिएका थिए भने बसन्त रेग्मीको दोश्रो ओभरमा आनन्द पनि २० रन बनाएर आउट भए। बसन्त रेग्मीले दुई विकेट मेडन ओभरमा नावेद र आनन्दलाई आउट गरे।

साझेदारी बनाउने प्रयास गर्दै गर्दा पुनित मेहराले एकै ओभरमा ३ विकेट झारे। एघारौँ ओभरमा आरिफ शेख (११ रन), रोहित पौडेल (२ रन) र सिद्धान्त लोहनी (शुन्य) आउट भए।

एघार ओभरको समाप्तीमा ६१/६ को अवस्थामा रहेको महेन्द्रनगरलाई अमरसिंह रौटेला र शरद भेसावकरले ३९ रनको साझेदारी गर्दै टिमको स्कोर १०० रन बनाए। रौटेला १ चौका र १ छक्का सहित १९ रन बनाएर आउट भए। त्यसको २ बल पछी अभिनास बोहराले अपर-कट चौका हानेका थिए।

बोहराले अन्तिम ओभरको चौथो बलमा चौका हाने भने पाचौं तथा छैठौं बलमा क्रमश: अभिनास बोहरा (११ रन, ५ बल, २ चौका) र शाहब आलम (शुन्य) बोल्ड भए।

कप्तान शरद भेसावकर २९ रनमा अविजित रहे। उनले ३८ बलमा २ चौका प्रहार गरे।

बलिंगतर्फ ललित भण्डारीले ४ विकेट (४-०-२८-४), पुनित मेहराले ३ विकेट (४-०-२६-३) र बसन्त रेग्मीले २ विकेट (४-२-७-२) लिए।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]