अबिशेक गौतमको उत्कृस्ट बलिङमा वेस्टर्न एकेडेमी बुटवल विजयी

  • विकेटनेपाल, ११ मंसिर,काठमाण्डौ।

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि-२० क्रिकेट प्रतियोगिताको पाँचौ दिन सम्पन्न खेलहरुमा वेस्टर्न क्रिकेट एकेडेमी बुटवलले मध्यपश्चिम क्रिकेट क्लबलाई ६८ रन र ओसिस क्रिकेट एकेडेमी काठमाण्डौले युनाइटेड क्रिकेट एकेडेमी बिर्तामोडलाई २ विकेटले पराजित गरेका छन्।

मुलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो खोलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टर्न क्रिकेट एकेडेमीले २० ओभरमा ३ विकेको क्षेती ब्यहोर्दै १३८ रन बनाएको थियो। वेस्टर्नका सुबास बिकले ३४ बलमा ८ चौका प्रहार गरी ४७ रन, सिमान्त शाहीले ३५ रन र बिष्णु पाण्डेले ३० रन बनाएका थिए। बलिङतर्फ मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरका सौगात रानाभाट, धन ब.थापा र अनुराग वलीले समान १/१ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रेको कोहलपुरले २० ओभर खेल्दै १० विकेटको क्षेती ब्यहोदा ७० रनमै समेटिएको थियो। बलिङतर्फ वेस्टर्नका अबिशेक गौतमले ४ ओभर बलिङ गर्दै २ मेडन ओभर सहित ९ रन दिएर ५ विकेट लिएका थिए। शुभम अर्यालले ३ विकेट लिएका थिए।

म्यान अफ दि म्याच घोषित अबिशेक गौतमलाई नेक्सस क्रिकेट एकेडेमीकी प्रबन्धक निर्देशक बिजय शर्माले ट्रफी प्रदान गर्नु भएको थियो।

दोस्रो खेल ओसिस २ विकेटले बिजयी

मंगलबारको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रेको युनाइटेड क्रिकेट एकेडेमी बिर्तामोडले निधारित २० ओभरमा ९ वीकेट गुमाउदै ९५ रन बनाएको थियो। बिर्तामोडका सम्भव श्रेष्ठले ४४ बल खेल्दै १ छक्का र ४ चौकाको सहयोगमा ४४ रन बनाएका थिए भने रुपक बरालले २० रन र समिरकार्कीले १८ रन बनाएका थिए।

ओसिसका म्यान अफ दि म्याच घोषित आरम्भ तिमिल्सीनाले ३ विकेट, दिपेश कडेल र आषिश भट्टराईले समान २/२ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रेको ओसिसका राजन मगर ३९ रन बनाउदा १९ ओभरमा लक्ष्य भेट्टाएको थियो । नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले म्यान अफ दि म्याचको ट्रफी प्रदान गर्नु भएको थियो ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]