राहुल र किशनको आक्रामक पारि, भारतद्वारा इंग्ल्यान्ड पराजित

२०७८ कार्तिक १, सोमबार २३:२४

युएई र ओमानमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अघि अभ्यास खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको छ।

युएईको आईसीसी एकेडेमी ओभल मैदानमा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको १८९ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर १९ ओभरमा भेटायो।

भारतको लागि इशान किशनले सर्वाधिक ७० रन बनाए जुन क्रमा ४६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै केएल राहुलले मात्र २४ बलमा ६ चौका र ३ छक्का मद्दतले ५१ रन बनाए। रिशभ पन्तले अविजित २९ तथा हार्दिक पान्ड्याले अविजित १२ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ओपनर केएल राहुल र इशान किशनले ८.२ ओभरमा ८२ रनको साझेदारी गरेका थिए। राहुल आउट भएपछि किशले कप्तान बिराट कोहलीसंग ४३ रन जोडे। कोहली ११ रन बनाएर आउट भएपछि किशन पनि रिटायर्ड हर्टको रुपमा पेभेलियन फर्किए। त्यसपछि सुर्यकुमार यादव ८ रन बनाएर आउट भए जसपछि रिशभ पन्त र हार्दिक पान्ड्याले जितसम्म पुर्याए। इंग्ल्यान्डको बलिंगमा डेभिड विलि, मार्क वुड र लियाम लिभिंगस्टोनले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट क्षेतीमा १८८ रन बनाएको थियो।

इंग्ल्यान्डको लागि जोनी बेयरस्टोले सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै मोईन अलिले २० बलमा ४ चौका र २ छक्का मद्दतले ४३ रन बनाए। लियाम लिभिंगस्टोनले ३०, जोस बटलर र डेविड मलानले समान १८ रन तथा जेसन रोयले १७ रन बनाए। बेयरस्टोले चौंथो विकेटको लागि लिभिंगस्टोनसंग ५२ रनको तथा अलिसंग ३४ रनको साझेदारी गरे।

भारतको बलिंगमा दायाँ हाते पेसर मोहम्मद शामीले सर्वाधिक ३ विकेट ( ४-०-४०-३ ) तथा जस्प्रित बुम्राह ( ४-०-२६-१ ) र राहुल चाहरले ( ४-०-४३-१ ) समान १ विकेट लिए।

विश्वकप अघि दोश्रो अभ्यास खेलको रुपमा भारतले अक्टोबर २० तारिखमा अस्ट्रेलियासंग तथा इंग्ल्यान्डले सोहि दिन न्युजिल्यान्डसंग खेल्नेछ।

युएई र ओमानमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपमा भारत सुपर -१२ चरण अन्तर्गत समुह २ मा छ। समुह २ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान तथा समुह चरणबाट पुग्ने दुई टोलि हुनेछन्। भारतले आफ्नो पहिलो खेल पाकिस्तानसंग अक्टोबर २४ तारिखमा तथा इंग्ल्यान्डले अक्टोबर २७ तारिखमा समुह चरण अटर्गत समुह ‘बि’को दोश्रो स्थानमा रहने टिमसंग खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy