अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ।

शनिवार विहान सम्पन्न खेलमा नेपालले दिएको २२१ रनको लक्ष पछ्याएको एमएलसीसी-एघारले ४२.५ ओभरमा १५१ रन मात्र बनायो। एमएलसीसीको लागि रियाजखान पठानले सर्वाधिक ३६, नरेश बुढायरले २९, निकोलस मनोहरले २५ तथा जश शाहले २० रन बनाए।

स्कोरकार्ड  

एमएलसीसी ओपनर रियाज खान पठान र जश शाहले ४३ रनको ओपनिंग साझेदारी गरेता पनि त्यसपछि नेपाली बलरहरुले राम्रो पुनरागमन गरे। आरिफ शेखले सुरुवाती दुई विकेट लिएपछि दुई अफ स्पिनर पवन सर्राफ र दिपेन्द्र ऐरीले मध्यक्रम ब्याट्सम्यानहरुलाई लामो समय क्रिजमा जम्न दिएनन्। चौंथो नम्बरमा ब्याटिंग गरेका पूर्व नेपाली राष्ट्रिय क्रिकेटर नरेश बूढायरले धैर्यता देखाएता पनि अर्को किनारमा साथ पाउन सकेनन्।

नेपालको बलिंगमा अफ स्पिनर पवन सर्राफले ३ विकेट ( ६-०-२८-३ ) तथा किशोर महतो ( ६-०-२३-२ ) , आरिफ शेख ( ६-०-१२-२ ) र दिपेन्द्र ऐरीले ( ७-१-२२-२ ) समान २/२ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट क्षतिमा २२० रन बनायो।

नेपालको लागि बिनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ५९ बलमा ८ चौका प्रहार गरे। ओपनर आसिफ शेखले ७५ बलमा ४२ रन बनाए। देव खनालले २७, बसिर एहमदले २४, दिपेन्द्र ऐरी र आरिफ शेखले समान १९, कुशल भुर्तेलले १३ तथा आदील आलमले १० रन बनाए।

आसिफ शेखले देव खनालसंग ५० रनको साझेदारी गरेता पनि त्यसपछि लगातार विकेट गुम्दा नेपाल ८९/४ को अवस्थामा पुगेको थियो। त्यसपछि दिपेन्द्र ऐरी र आरिफ शेखले २७ रनको साझेदारी गरे। ऐरीको विकेट पछि आरिफले बिनोद भण्डारीसंग ३० रन जोडे। आरिफको विकेट पछि बिनोद भण्डारीले बसिर एहमदसंग सातौँ विकेटको लागि ६३ रन जोडे।

एमएलसीसीको बलिंगमा शिल पटेलले सर्वाधिक ३ विकेट लिए।

क्यानडा भ्रमण अन्तर्गत नेपालले अब क्यानडासंग दुई वटा एकदिवसीय खेल्नेछ। पहिलो एकदिवसीय जुलाई ४ तथा दोश्रो एकदिवसीय जुलाई ५ तारिखमा खेलिनेछ।

क्यानडामा सिरिज खेलेर नेपाली टोली उतैबाट नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिदेशीय सिरिज खेल्न स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।

लिग–२ नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी ।





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]