अविनाश बोहराको ४ उत्कृस्ट बलिंग प्रदर्शन

सन् २०१९ मा नेपाली राष्ट्रिय टिमको लागि डेब्यु गरेका तिब्र गति बलर अविनाश बोहराले डेब्यु सिरिजमै उत्कृस्ट प्रदर्शन गरेपछि करियरमा पछि फर्केर हेर्नु परेको छैन। युएई बिरुद्ध पहिलो सिरिजमै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका बोहराले आफुलाई डेथ ओभर विशेष बलरको रुपमा चिनाएका छन्। नेपाली मालिंगा नामले समेत चिनिने बोहरा टि-२० मा नेपालको लागि नभई नहुने बलर हुन्। २० वटा टि-२० अन्तर्राष्ट्रियमा नेपालको प्रतिनिधित्व गरेका २३ वर्षीय बोहराले २० विकेट आफ्नो नाम गरिसकेका छन्। दायाँ हाते तिब्र गति बलर बोहराले गरेको उत्कृस्ट बलिंग प्रदर्शनहरुलाई यो लेखमा प्रस्तुत गरेका छौँ –

३ विकेट ( ४-०-२०-३ ) : टि-२० अ. VS युएई ( नेपाल-युएई द्विपक्षीय सिरिज २०१९ , आईसीसी एकेडेमी ) 

नेपाली राष्ट्रिय टिमको लागि डेब्यु प्रतियोगितामै शानदार सुरुवात गरेका अविनाश बोहराले युएई बिरुद्ध सिरिजको दोश्रो खेलमा नेपाल जित्दा उत्कृस्ट योगदान दिएका थिए। खेलमा मात्र २० रन खर्चेका उनले डेथ ओभरमा किफायती बलिंग गर्दै महत्वपूर्ण ३ विकेट समेत लिए। युएईका लागि ४४ रन बनाएर ब्याटिंग गरिरहेका सिपि रिज्वन सहित अमिर हायात र बिष्फोटक ब्याट्सम्यान मोहम्मद नाबिदको विकेट अविनाशले लिएका थिए।

खेलको १३ औं ओभरमा अविनाशले मात्र ४ रन खर्चेर १ विकेट, १५ औं ओभरमा ५ रन खर्चेर १ विकेट तथा १९ औं ओभरमा ७ रन खर्चेर १ विकेट लिंदा युएई पहिलो इनिंगमा मात्र १०७ रनमा समेटिएको थियो। नेपालले उक्त खेल ४ विकेटले जितेको थियो। तर खेलको प्लेयर अफ द म्याच भने ब्याटिंगमा ४७ रन बनाएका दिपेन्द्र ऐरी घोषित भए। स्कोरकार्ड 

Avinash Bohara
अविनाश बोहराले युएईसंग सिरिजमा ६ विकेट लिएका थिए

२ विकेट ( २-०-१६-२ ) : टि-२० अ. VS युएई ( नेपाल-युएई द्विपक्षीय सिरिज २०१९ , आईसीसी एकेडेमी ) 

सिरिजको निर्णायक खेलमा युएईलाई १४ रनले पराजित गरेको नेपालको लागि अविनाशको बलिंग प्रदर्शन महत्वपूर्ण रहेको थियो। वर्षाको कारण १०/१० ओभरको उक्त खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएई ९० रनमा समेटिएको थियो।

अविनाश २ ओभरमा मात्र १६ रन खर्चेर २ विकेट लिए। यस क्रममा उनले विस्फोटक ब्याटिंग गरिरहेका ओपनर घुलाम शब्बिरलाई बोल्ड गरे। शब्बिरले १५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाईसकेका थिए र जितमा तगारो बनिरहेका थिए। त्यतिमै उनि रोकिएनन् र मोहम्मत बुतालाई ११ रनको व्यक्तिगत योगफलमा आउट गर्दै जितमा महत्वपूर्ण योगदान दिएका थिए।

अन्तिम २ ओभरमा युएईलाई जितको लागि २९ रन आवस्यक हुँदा बलिंग गरेका अविनाशले मात्र ९ रन खर्चेर बुताको महत्वपूर्ण विकेट लिएका थिए। त्यसपछि अन्तिम ओभरमा आवस्यक २० रन युएईले बनाउन सकेन। स्कोरकार्ड 

४ विकेट ( ४-०-३५-४ ) टि-२० अ. VS  सिंगापुर ( आईसीसी टि-२० विश्वकप एसिया रिजन २०१९ ) 

नेपाल पराजित भएको खेलमा अविनाशले टि-२० अन्तर्राष्ट्रिय करियरकै उत्कृस्ट बलिंग स्पेल दर्ता गरेका थिए। सिंगापुरको माथिल्लो क्रमको ब्याट्सम्यानहरुको विकेट लिने क्रममा उनले ४ ओभरमा ३५ रन खर्चेका थिए। अविनाशको स्पेल टि-२० अन्तर्राष्ट्रियमा नेपालको लागि चौथो उत्कृस्ट स्पेल समेत हो। सिंगापुर ब्याट्सम्यान सामु अन्य सबै बलर निरिह सावित भएको अवस्थामा बोहराले भने हार खाएका थिएनन्। उक्त खेलमा नेपाल ८२ रनले पराजित भएको थियो जसकारण ग्लोबल टि-२० विश्वकप छनौट खेल्न चुकेको थियो। स्कोरकार्ड 

Abinash Bohara
Abinash Bohara

३ विकेट ( ९-२-३२-३ ) : एकदिवसीय VS हंगकंग ( एसीसी इमर्जिंग टिम्स कप , २०१९ ) 

हंगकंग बिरुद्ध पहिले ब्याटिंग गर्दै नेपालले २१७ रन मात्र बनाउन सकेपछि नेपालले हंगकंगलाई १७७ रनमा रोक्दै खेल ४० रनले जितेको थियो। हंगकंगलाई समेट्न नेपालको लागि उत्कृस्ट बलिंग गर्ने क्रममा अविनाशले ९ ओभरमा २ मेडन ओभर गर्दै ३२ रन खर्चेका थिए। यस क्रममा उनले निजकत खान, शहिद वासिफ र ऐजाज खान जस्ता माथिल्लो क्रमका हंगकंग ब्याट्सम्यानको विकेट लिएका थिए। स्कोरकार्ड

यो पनि पढ्नुस :- 

सुबास खकुरेलले खेलेका ९ उत्कृस्ट इनिंग

आरिफ शेखको ६ उत्कृस्ट ब्याटिंग प्रदर्शन

– विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]