अविनाश बोहरालाई नेपालगन्जमा भब्य स्वागत र सम्मान

Abinash Bohra
  • विकेटनेपाल – २३ माघ, बुधवार

यसै साता सम्पन्न युएई बिरुद्धको मैत्रीपूर्ण टि-२० अन्तर्राष्ट्रिय शृंखलामा प्लेयर अफ दि सिरिज घोषित अभिनास बोहरालाई गृह नगर नेपालगन्जमा बुधवार भव्य सम्मान सहित नगर परिक्रमा गराइएको छ।

बांके जिल्ला क्रिकेट संघको अगुवाईमा बुधवार बिहान पुस्पलाल चोक बाट शुरु शुरु भएको नगर परिक्रमा धम्बोझी बिपि चोक हुँदै त्रिभुवन चोकमा पुगेर समापन भएको क्रिकेट संघका बांके अध्यक्ष दुर्गा बहादुर थापा मगरले जानकारी दिनु भयो।

Abinash Bohra
Abinash Bohra

सम्मान कार्यक्रममा बांकेका खेलप्रेमी, खेलाडी तथा नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो। सम्मान कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र हमालले आफू पनि पूर्व खेलाडी भएकोले खेलाडी को समस्यामा सधै हातेमालो गरेर अगाडि जाने बताउनुभयो।

कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका उप. प्रमुख उमा थापा मगरले नगरपालिकाको तर्फ बाट पनि बोहरा लाई सम्मान कार्यक्रमको आयोजना गर्ने जानकारी गराउनु भयो। थापाले अहिले कार्यबिधी निर्माणको क्रममा रहेकाले छिटै सम्मानको कार्यक्रम राख्ने बताउनुभयो।

Abinash Bohra
Abinash Bohra

बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा क्यानका केन्द्रिय सदस्य संन्जय राज सिह, खेलकुद बिकास समिति अध्यक्ष आतंक बस्नेत, प्रशिक्षक दिपेन्द्र प्रताप सिंह लगायतको सहभागिता रहेको थियो।

बोहरा गृहनगरमा स्थानीय नेपाल टाइगर क्रिकेट क्लब बाट विभिन्न प्रतियोगिता खेल्ने गर्थे। नेपाली टोलीमा छनौट भएपछि आफ्नो पहिलो शृंखलामा नै युएई बिरुद्ध उनले पहिलो खेलमा १, दोस्रो खेलमा ३ तथा तेस्रो खेलमा २ विकेट लिंदै प्लेयर अफ दि सिरिज घोषित भएका थिए।

Abinash Bohra

समाचार तथा तस्विर : सुनिल रेग्मी

 





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]