मलेसियासंग नखेलेका अविनाश कसरि भए प्रशिक्षक व्हाटमोरको लागि ‘म्यान अफ द म्याच’

२०१९ मा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेपछि लगातार नेपाली टिमको डेथ ओभर स्पेसलिस्ट बलरको भूमिका निभाएका अविनाश बोहराले पछाडी फर्केर हेर्नु परेन। बोहरा डेब्यु पछि राष्ट्रिय टिम र घरेलु क्रिकेटमा पनि लगातार उत्कृस्ट बलिंग गरिरहेका छन्। तर घरेलु मैदानमा जारी त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्डसंगको खेलमा नेपाल पराजित हुँदा बोहराले करियरकै खराब प्रदर्शन गरे। नेदरल्याण्डले नेपालले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा बोहराले ४ ओभरमा १ विकेट लिंदा ४३ रन खर्चिए। अविनाशको टि-२० अन्तर्राष्ट्रिय करियरकै यो सबैभन्दा महँगो स्पेल थियो।

नेदरल्याण्डसंगको खराब प्रदर्शन पछि सिरिजको समुह चरणको अन्तिम खेलमा नेपालले मलेसिया बिरुद्ध खेलमा अन्तिम-११ मा परिवर्तन गर्दै अविनाशको स्थानमा अर्का फास्ट बलर कमल सिंह ऐरीलाई मौका दियो। धेरैले अविनाशको नेदरल्याण्डसंगको प्रदर्शन पछि कमललाई मौका दिईएको अनुमान गरे। खेलमा कमलले ३ विकेट लिंदै उत्कृस्ट बलिंग गर्दा अविनाशले नेदरल्याण्डसंगको फाइनलमा मौका पाउनेमा समेत प्रश्नचिन्ह खडा भएको छ।

तर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ व्हाटमोरले शुक्रबार गरेको इन्सटाग्राम पोस्टले भने धेरैको धारणा परिवर्तन गरेको छ।

मलेसियासंगको खेल पछि टिम कुल डाउन गरिरहेको बेला व्हाटमोरले अविनाशको काँधमा हात राख्दै गरेको फोटो राखेका छन्। उक्त फोटोमा क्याप्सनको रुपमा व्हाटमोरले लेखेका छन् –

“मेरो म्यान अफ द म्याच अविनाश हो। आफु आराम गरेर कमल सिंह ऐरीलाई डेब्यु गर्ने मौका दिएकोमा धेरै धन्यवाद। राम्रो खेल्यौ कमल र बाँकी टिमको बलियो प्रदर्शन। अब एउटा बाँकी।” व्हाटमोरले लेखेका छन्। खेलमा म्यान अफ द म्याच सोमपाल कामि घोषित भएका थिए तर व्हाटमोरको लागि सोमपाल भन्दा आफु आराम गरेर अर्को खेलाडीलाई डेब्युको मौका दिने अविनाश खेलको उत्कृस्ट खेलाडी बन्न पुगे।

 

View this post on Instagram

 

A post shared by Dav Whatmore (@dav_whatmore)


व्हाटमोरको पोस्टले एकातर्फ मलेसियासंग अविनाश नखेल्नुमा नेदरल्याण्डसंगको खराब प्रदर्शन भन्दा पनि कमल सिंह ऐरीलाई डेब्यु गर्न दिन अविनाशले मौका दिएको देखिएको छ। कमललाई मौका दिन अविनाशले उदारता देखाएको व्हाटमोरको पोस्टले स्पस्ट देखिन्छ। यस्तै फाइनलमा नेदरल्याण्डसंग पुनः अविनाशलेनै मौका पाउने सम्भावना पनि देखिन्छ। त्यसको लागि कमल सिंह ऐरीले भने बाहिर बस्नुपर्ने हुन्छ। अवस्य पनि फाइनलमा भने अविनाशले त्यो उदारता देखाउने छैनन्।

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ व्हाटमोरको भने तारिफ गर्नेपर्छ। आफ्नो टिमको खेलाडीहरुलाई कसरि हौसला प्रदान गर्न सकिन्छ र मनोबल उच्च राख्नुपर्छ भनेर व्हाटमोरले राम्रो सन्देश भने अवस्य दिएका छन्। यस्तै खेलाडीहरुमा त्याग गर्न सक्ने भावनाको विकास पनि उनले यसमार्फत गरेका छन्। एक खेलमा खराब प्रदर्शन पछि आलोचित अविनाशको काँधमा दुई हात राखेको फोटो र व्हाटमोरको उक्त फोटोमा क्यापसनले व्हाटमोरको शैली बारे धेरै कुरा बोलेको छ। प्रतियोगितामा नेपालको निडर ब्याटिंग शैलीको धेरैले तारिफ गरेका छन् त्यसको पछाडी प्रशिक्षक व्हाटमोरले खेलाडीहरुलाई खुलेर खेल्न आत्मविश्वासले ठुलो भूमिका रहेको छ। त्यस बाहेक टिमका युवा खेलाडीहरुसंग बोल्दै गरेको र मजाक गर्दै गरेको बारम्बार देखिने व्हाटमोरको उक्त व्यवहारले युवा खेलाडीहरुलाई उनिसंग आफ्नो कुरा राख्न समेत सहज बनाएको छ। टिमलाई एक राख्न र खेलाडीहरुको हौसला बढाउन व्हाटमोरले गरेको प्रयासको तारिफ गर्नेपर्छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/rcb-vs-rr-16thm-wn21-res/

https://wicketnepal.com/hanchu-bhaneko-thiye-ramro-ball-paryo/

https://wicketnepal.com/nep-vs-mal-11-kirtiman-karan-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy