एसीसी साधारण सभाबाट नेपाललाई खुसिको खबर

  • विकेटनेपाल, १ भदौ 

एसियन क्रिकेट काउन्सिल ( एसीसी ) को यो साता कोलोम्बोमा सम्पन्न ३४ औं बार्षिक साधारण सभाले बिभिन्न उमेर समुहको प्रतियोगिताहरु पुनः सुचारु गर्ने निर्णय गरेको छ l

एसीसीले आफ्नो वेबसाइट मार्फत जारि गरेको प्रेस वक्तव्यमा बर्सेनि यु-१६, यु-१९ र यु-२३ ( इमर्जिंग ) आयोजना गर्ने बताएको छ l  २०१६ मा आयोजना भएको महिला एसिया कप तथा यु-१९ एसिया कप प्रतियोगितालाई निरन्तरता दिने निर्णय समेत एसीसीले विज्ञप्ति मार्फत घोषणा गरेको छ l

एसीसीको निर्णय पछि नेपाल जस्तो मुलुकले नियमित रुपमा यु-१६, यु-१९, यु-२३ र सिनियर स्तरका पुरुष र महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् l

भारतमा हुने भनिएको यु-१९ एसिया कप अब मलेसियाले आयोजना गर्ने समेत सभाले निर्णय गरेकोछ l भारतमा हुने भनिएता पनि पाकिस्तानले राजनीतिक उतारचढावको कारणले भारतमा खेल्न नमानेपछि बैठकले मलेसियामा प्रतियोगिता सार्ने निर्णय गरेको हो l

२ वर्षको अन्तरमा आयोजना हुदै आएको एसीसी इमर्जिंग टिम्स एसिया कप अब बर्सेनि आयोजना गर्न समेत एसीसी तयार भएको छ l फोटो : बंगलादेश क्रिकेट बोर्ड

एसीसी विकास कमिटिले सुझाब दिएपछि २ वर्षको अन्तरमा आयोजना हुदै आएको एसीसी इमर्जिंग टिम्स एसिया कपलाई अब बर्सेनि आयोजना गर्न समेत एसीसी तयार भएको छ l

एसीसीको आयोजनामा नेपालले यो बर्ष मार्चमा बंगलादेशमा एसीसी इमर्जिंग टिम्स एसिया कप तथा गत बर्ष डिसेम्बरमा श्रीलंकामा यु-१९ एसिया कप खेलेको थियो l यस्तै नेपाली महिला रास्ट्रिय क्रिकेट टिमले नोभेम्बर/डिसेम्बरमा थाईल्याण्डमा एसीसी महिला टि-२० एसिया कप खेलेको थियो l

गत वर्ष सिधा यु-१९ एसिया कप प्रतियोगिता खेलेको नेपालले यसपालि छनौट प्रतियोगिता खेल्नुपर्नेछ l मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिकसम्म नेपालले आयोजक मलेसिया सहित सिंगापुर, हंगकंग, नेपाल, थाईल्याण्ड, भुटान, चाइना र म्यानमारसंग एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) खेल्न पर्नेछ जुन प्रतियोगिताबाट उत्कृस्ट २ टिम मलेसियामानै नोभेम्बरमा आयोजना हुने यु-१९ एसिया कप खेल्न पाउनेछ l

आफुले आयोजना गर्ने प्रतियोगिताहरुले टेस्ट नखेल्ने एसियाली रास्ट्रहरुमा क्रिकेट खेलको विकास गर्न सहयोग पुर्याउने एसीसीले बक्तब्यमा उल्लेख्य गरेको छ l

लामो समय देखि नेपाल लगायत एसियाली देशले एसीसीको नियमित उमेर समुह र सिनियर प्रतियोगितामा सहभागिता जनाउदै आएपनि २०१५ मा आईसीसीले एसीसीलाई खारेज गरेपछि नेपाल जस्तो देशको लागी प्रतियोगिताको अभाब भएको थियो l २०१६ अगस्टमा पुनः एसीसीले आफुलाई पुनर्जीवन दिंदै श्रीलंकामा कार्यालय स्थापना गरेको थियो l

सन् १९८३ मा स्थापना भएपछि एसीसीको कार्यालय मलेसियामा रहँदै आएको थियो l एसीसीको आयोजनामा सन् १९८३ देखि सन् २०१६ सम्म १३ संस्करण एसिया कप क्रिकेट आयोजना भइसकेको छ l

 

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]