इमर्जिंग एसिया कप : पहिलो दिन श्रीलंका र अफगानिस्तान विजयी

श्रीलंकाको कोलोम्बोमा आज सुरु भएको एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत पहिलो दिन सम्पन्न दुईवटा खेलमा आयोजक श्रीलंका ए र अफगानिस्तान ए विजयी भएका छन्।

श्रीलंका ए ले बंगलादेश ए लाई ४८ रनले तथा अफगानिस्तान ए ले ओमान ए लाई ७२ रनले पराजित गर्यो।

सिन्हालिज स्पोर्ट्स क्लबमा श्रीलंकाले दिएको ३५० रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४८.३ ओभरमा ३०१ रन बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित श्रीलंकाका ओपनर अभिस्का फर्नान्डोले १३३ रन बनाए। बलिंगतर्फ प्रमोद मदुशान र दुशान हेमन्थाले ३/३ विकेट लिए।

कोलोम्बो क्रिकेट मैदानमा अफगानिस्तानले दिएको २६८ रनको लक्ष्य पछ्याएको ओमानले ४०.३ ओभरमा १९५ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित अफगानिस्तान ओपनर जुबेद अकबरीले ७९ रन बनाए भने बलिंगमा मोहम्मद इब्राहिम र जिया उर् रहमानले ३/३ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल भोलि शुक्रबार पाकिस्तान ए संग कोमोम्बो क्रिकेट क्लब मैदानमा खेल्ने छ। खेल नेपाली समय १०:१५ बजे बिहान सुरु हुनेछ। भोलिनै भारत ए ले युएई ए संग सोहि समयमा खेल्नेछ।

प्रतियोगितामा नेपाल सहित ८ देशहरु सहभागी छन्। नेपाल समुह ‘बि’ मा छ जुन समुहमा टेस्ट राष्ट्र भारत ‘ए’ , पाकिस्तान ‘ए’ र युएई ‘ए’ टिम छन्। समुह ‘ए’ मा अफगानिस्तान ‘ए’ , श्रीलंका ‘ए’ , बंगलादेश ‘ए’ र ओमान ‘ए’ छन्। समुह चरणमा सबै टिमले एक अर्कासंग १/१ खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्।

नेपाली टिम : रोहित पौडेल ( कप्तान ), आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ

नेपालको खेल तालिका :

१४ जुलाई : विरुद्ध पाकिस्तान ‘ए’

१७ जुलाई : विरुद्ध भारत ‘ए’

१९ जुलाई : विरुद्ध युएई ‘ए’





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]